कमल थापाको दुखेसो : पूर्वराजा नजिकका मान्छेले दुःख दिए | Khabarhub Khabarhub

कमल थापाको दुखेसो : पूर्वराजा नजिकका मान्छेले दुःख दिए


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई पूर्वराजपरिवार नजिकका व्यक्तिबाटै दुःख दिने काम भइरहेको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह नजिकका केही व्यक्तितर्फ इंगित गर्दै राप्रपा अध्यक्ष थापाले दरबार वरिपरिकै मान्छेबाट दुःख दिने काम भइरहेको दुखेसो पोखेका हुन् । तर पनि राजा र राज संस्थासँग राप्रपाको दुरी नघट्ने उनको भनाइ छ ।

मंगलबार रुपन्देहीको बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, ‘राप्रपालाई दुःख दिन र कमजोर बनाउ राजदरबार वरिपरिकै मान्छेहरु लागिपरेका छन् । उनीहरुले नकरात्मक सोच राख्दैमा राजा र राजसंस्थासँग भने हाम्रो पार्टीको दूरी घट्दैन ।’

राजसंस्था र हिन्दू राष्ट्रप्रति अझै पनि जनतामा आस्था रहेको उल्लेख गर्दै अध्यक्ष थापाले राजा कुनै व्यक्ति र दल विशेषको मात्रै नभइ सबैको साझा हुने बताए ।

अध्यक्ष थापाले अहिले जनताले कम्युनिस्ट र कांग्रेसको विकल्प खोजेको उल्लेख गर्दै आगामी निर्वाचनबाट आफ्नो पार्टी तेस्रो शक्तिका रुपमा उदाउने पनि बताए ।

थापाले आगामी चुनावलाई लक्षित गर्दै देशभर संगठन विस्तारको कामलाई तीव्रता दिइएको पनि बताए । आउँदो चुनावसम्म देशभर ३ लाखको हाराहारीमा सक्रिय कार्यकर्ता बनाउने लक्ष्य रहेको थापाले सुनाए ।

राप्रपा अध्यक्ष थापाले पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा संयुक्तसँग पार्टी एकता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि बताए ।

अमेरिकी अनुदान सहयोग (एमसीसी)को विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै राप्रपा अध्यक्ष थापाले एमसीसी नेपालको हितमा रहेको बताए । प्रधानमन्त्रीले जनतालाई स्पष्ट जानकारी नगराउँदा एमसीसीबारे प्रश्नहरु उठेका थापाको भनाइ थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १२ : ५६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०