चीनबाट नेपाली बोकेर ल्याएको जहाजले आजबाट नियमित उडान गर्ने | Khabarhub Khabarhub

चीनबाट नेपाली बोकेर ल्याएको जहाजले आजबाट नियमित उडान गर्ने


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको उद्गमस्थल चीनको बुहानबाट १ सय ७५ जना नेपालीको उद्दारमा प्रयोग भएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड वडी जहाजले आज (मंगलबार)देखि नियमित उडान भर्ने भएको छ ।

जहाजको क्वारेन्टाइन अवधि पूरा भएपछि मंगलबार साँझदेखि नियमित उडानमा प्रयोग गरिन लागिएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले खबरहबलाई जानकारी दिइन् ।

‘हामीले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर सम्पूर्ण प्रक्रिया पूरा गरी आज (मंगलबार)बाट नियमित उडान भर्न लागेका हौं,’ प्रवक्ता खड्काले खबरहबसँग भनिन् ।

वायु सेवा निमगको अन्नपूर्ण जहाजले मंगलबार साँझ कतारको दोहाका लागि उडान भर्ने गरी तालिका मिलाइएको छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रिमोर्ट पार्किङ वेमा राखिएको जहाजको मंगलबार बिहानैदेखि ‘डीप क्लिनिङ’ शुरु गरिएको छ । डिप क्लिनिङका क्रममा जहाजका सम्पूर्ण सिट कभरहरु परिवर्तन गर्नुका साथै सफाइ गरेर ‘इन्फेक्सन फ्री’ गरिने निगमकी प्रवक्ता खड्काले बताइन् ।

‘क्वारेन्टाइनमा राख्दा सम्पूर्ण जहाजलाई सिल गरेर राखिन्छ । आज बिहान सिल खोलेर डीप क्लिनिङको काम शुरु भएको छ,’ खड्काले भनिन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ११ : ४५ बजे

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको