गुण्डा नाइके सत्यमान लामा पक्राउ | Khabarhub Khabarhub

गुण्डा नाइके सत्यमान लामा पक्राउ


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘काभ्रेली समूह’को नामले कुख्यात गुण्डा समूहका सत्यमान लामा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको टोलीले सत्यमानलाई सोमबार राति काठमाडौंको लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो ।

सत्यमान गण्डा नाइके दावा लामाको ‘लेखापाल’को रुपमा समेत काम गर्ने गर्दथे ।

दावा भने पछिल्लो समय नेपाल बाहिर छन् । भारतको सिक्किम र दार्जिलिङ लगायत क्षेत्रमा लुकेर बस्दै आएका दावाले पछिल्लो समय सत्यमानलाई परिचालन गरेर काठमाडौंमो आफ्नो गतिविधि सक्रिय पार्दै आएका थिए ।

सत्यमान लामा यसअघि पनि ठगी, गुण्डागर्दी र लागू औषध कारोबारको आरोपमा पक्राउ पर्दै आएका थिए । पछिल्लो समय २०७६ असारमा पनि लामा पक्राउ परेका थिए । त्यसअघि २०७५ असारमा पक्राउ परेका सत्यमानलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद नवीना लामाले छुटाएकी थिइन् ।

सोमबार भने मदिरा पिएर प्रहरीसँग विवाद गरेपछि लामा पक्राउ परेका हुन् । सोमबार बेलुकी लाजिम्पाटको सांग्रिला होटेलमा मदिरा सेवन गरेका लामाले प्रहरीसँग विवाद गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १० : ४६ बजे

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक