चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ६८ पुग्यो | Khabarhub Khabarhub

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ६८ पुग्यो


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ‍१८ सय ६८ पुगेको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार थप ९८ जनाको मृत्यु भएपछि मृतकको संख्या १८ सय ६८ पुगेको हो । अरु १८ सय ८६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यो सँगै कोरनाबाट संक्रमित हुनेको कूल संख्या ७२ हजार ४ सय ३६ पुगेको छ। चिनियाँ समाचार एजेन्सीहरुका अनुसार त्यहाँका झण्डै ३ हजार स्वास्थ्यकर्मीमा कोभिड–नाइन्टिन अर्थात कोरोनाको संक्रमण भेटिएको छ।

संक्रमित हुने स्वास्थ्यकर्मीहरु अधिकांश हुबेईको वुहान शहरका नै छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार संक्रमणबाट मृत्यु हुनेमा केही संख्यामा स्वास्थ्यकर्मीहरु छन्।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ९ : ५५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६