म्यान्चेष्टर युनाईटेडको पुनरागमन जीत, घरेलु मैदानमा चेल्सी स्तब्ध | Khabarhub Khabarhub

म्यान्चेष्टर युनाईटेडको पुनरागमन जीत, घरेलु मैदानमा चेल्सी स्तब्ध


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ईङ्लिस प्रिमियर लिग फुटबलमा खराब लयबाट गुज्रिएको म्यान्चेष्टर युनाईटेडले पुनरागमन जीत निकालेको छ ।

युनाइटेडले आज विहान सम्पन्न खेलमा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा २–० गोल अन्तरको जीत निकालेको हो ।

युनाईटेडको जितमा एन्थोनी मार्टियल र ह्यारी मागुईरीले गोल गरे । मार्टियलले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरे ।

खेलको ६६ औ मिनेटमा मागुईरेले हेडमार्फत युनाईटेडका लागि निर्णायक गोल गरे । घरेलु टोली चेल्सीको दुई गोललाई मान्यता दिन रेफ्रीले अस्विकार गरे ।

बैकल्पिक खेलाडीको रुपमा कार्ट जुमाको बराबरी गोल तथा ओलिभर जिराउडले ७६ औ मिनेटमा गरेको हेडर गोललाई रेफ्रीले भारमार्फत मान्यता दिन अस्विकार गरेका थिए ।

शीर्ष चारको दौडमा महत्वपूर्ण मानिएको खेलमा युनाईटेडले चेल्सीलाई हराउँन सफल भएको छ । युनाईटेडले चौथो स्थानको चेल्सीसंगको दुरी तीन अंकमा झारेको छ भने जीतसँगै ३८ अंक सहित सातौ स्थानमा छ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ६ : १६ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले