अन्नपूर्ण आधार शिविरबाट उद्धार गरिएका ६ जनालाई पोखरा ल्याइँदै | Khabarhub Khabarhub
Logo
८ फाल्गुन २०७६, बिहीबार

अन्नपूर्ण आधार शिविरबाट उद्धार गरिएका ६ जनालाई पोखरा ल्याइँदै



फाइल तस्वीर

कास्की- अन्नपूर्ण आधार शिविरबाट उद्धार गरिएका ६ जनालाई हेलिकोप्टरबाट पोखरा ल्याइँदैछ ।

उद्धार गरिएका उनीहरुलाई मौसममा आएको सुधारसँगै पोखरा ल्याइएको हो । हराइरहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएका उनीहरुलाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखिएको थियो ।

अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र एक जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।


भर्खर

0