छुट्टाछुट्टै ग्रेडको सिमेन्टका लागि बेग्लै मापदण्ड | Khabarhub Khabarhub

छुट्टाछुट्टै ग्रेडको सिमेन्टका लागि बेग्लै मापदण्ड


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि छुट्टै मापदण्ड बनाएको छ ।

नेपाल गुणस्तर परिषद्को १०२ औँ बैठकले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि नयाँ मापदण्ड स्वीकृत गरेको हो । यसअघिसम्म सबै सिमेन्टको मापदण्ड एउटै थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपाल गुणस्तरलाई परिमार्जनसहित स्वीकृत गरेको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ३३ ग्रेडका लागि एउटा र ४३ तथा ५३ ग्रेडका लागि अर्को मापदण्ड स्वीकृत गरेको जानकारी दिए ।

बैठकको निर्णयसँगै अब उद्योगीले सरकारी मापदण्ड पूरा गरेको अवस्थामा ४३ र ५३ ग्रेड लेख्न पाउने भएका छन् । ‘सरकारले छुट्टै मापदण्ड बनाएको छ, त्यो पूरा गर्ने उद्योगीले ४३ र ५३ ग्रेड लेख्न पाउँछन्’, महानिर्देशक पुडासैनीले भने ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ९ : ३६ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र