कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार | Khabarhub Khabarhub

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९  सङ्क्रमित भई उपचाररत नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

उनले विज्ञप्ति जारी गर्दै ३६ दिनको अस्पताल बसाइ र १६ दिनको घर बसाइपछि स्वास्थ्य अवस्थामा क्रमिक सुधार आए पनि अझै लगातार बोल्न र हिड्न कठिन रहेको जानकारी गराएका छन् ।

कोभिड–१९ बाट सङ्क्रमित भई स्वास्थ्यमा समस्या आएपछि उनी गत कात्तिक ९ गते वीर अस्पताल र ११ गते स्वास्थ्य अवस्था झन जटिल भएपछि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए ।

नेता विश्वकर्माले आफ्नो स्वास्थ्य उपचारमा संलग्न, सहयोग र चिन्ता व्यक्त गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, कांग्रेसका नेता कार्यकर्ता, मन्त्री, विभिन्न दलका नेतालगायत शुभेच्छुक सबैमा आभार व्यक्त गरेका छन् ।

साथै सरकारले थप उपचारका लागि गरेको प्रयास र योगदानले आफूलाई भावुक बनाएको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ६ : ४७ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न