नेपाल र बंगलादेशबीच युरिया मल आपूर्तिका लागि सम्झौता | Khabarhub Khabarhub

नेपाल र बंगलादेशबीच युरिया मल आपूर्तिका लागि सम्झौता


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टन युरिया मल आपूर्तिका लागि बिहीबार ‘जिटुजी’ सम्झौता भएको छ ।

सम्झौता पत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनका अध्यक्ष महमद एमिन उल अहसनले ढाकामा हस्ताक्षर गरेका हुन् ।

युरिया मलको अन्तर्राष्ट्रिय फर्मूला मूल्यअनुसार प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा सम्झौता भएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले विज्ञप्तिमार्फत जनाएका छन् ।

उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले एलसी खोलेको दश दिनपश्चात् मल लोडिङ सुरु हुने सम्झौतामा उल्लेख छ भने ५० हजार मेट्रिक टन मल दुई महिनाभित्र बंगलादेशले उपलब्ध गराइसक्ने छ ।

मन्त्रिपरिषद बैठकले बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिक टन युरिया मल सरकार-सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको थियो।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ६ : २० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०