मैजुबहाल चक्रपथ ८ करोडमा कालोपत्रे | Khabarhub Khabarhub

मैजुबहाल चक्रपथ ८ करोडमा कालोपत्रे


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार साँझपख काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराईसहितको टोली चावहिल मैजुबहाल चक्रपथ पुग्यो ।

त्यही टोलीमा वडाध्यक्ष शुद्धकुमार डंगोल, काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख राम थापालगायत पनि सहभागी थिए ।

लामो समयदेखि नगरविकास आयोजनाले समेत अलपत्र छाड्दै आएको मैजुबहाल चक्रपथको करीब २ किलोमिटर बाटो मेयर शाक्यहितको टोली पुग्दा धमाधम कालोपत्रे भैरहेको थियो ।

कुनै दुर्गम गाउँमा गाडी पुग्दा उत्साहित भए जस्तै एकहुल स्थानीयले मेयर शाक्यसहितको टोलीलाई त्यहाँ पुग्ने वित्तिकै स्वागत गरे । त्यहि हुलमा सामेल थिए मैजुबहाल चक्रपथका स्थानीय रविन्द्र पण्डित पनि । पण्डित त्यो टोली पुग्दा निकै दंग देखिन्थे । लामो समयपछि घरै अगाडि धमाधम कालोपत्रे हुँदा पण्डित मात्रै होइन अन्य स्थानीय पनि दंग देखिन्थे ।

मेयर शाक्यसहितको टोली अनुगमनमा आउँदा दंग परेका पण्डितले मेयर शाक्यसहितको टोलीलाई स्वागत गर्दै निर्वाचनका बेला गरेको प्रतिवद्धता पूरा गरेकोमा धन्यवाद दिए ।

‘चुनावी प्रचारमा आएका बेला बृहत् मैजुवहाल हाइट मार्गमा कालोपत्रे गर्ने, विजुलीका पोल सार्नेलगायतका कार्य सम्पन्न गर्ने प्रतिवद्धता मेयरज्युबाट भएको थियो । आज उहाँकै अगुवाईमा यो काम सम्पन्न भएको छ। हामी टोलवासी खुशी छौँ,’ पण्डितले भने, ‘विगत २०–२५ वर्षदेखि हामी महानगरवासी भए पनि बत्तीमुनीको अध्यारोमा थियौँ । कच्चीबाटोमा दिनहुँ धुलो–धुँवा खाएर हिलोमा लडिबुडी गर्दै आवत–जावत गर्न बाध्य थियौँ । अहिले हाम्रो टोलटोलमा धमाधम कालोपत्रे भएको छ । यसका लागि काठमाडौँ महानगरपालिकालाई विशेष धन्यवाद दिन चाहन्छौँ ।’

अनुगमन समितिका संयोजक समेत रहेका पण्डितले कालोपत्रे हुँदै गर्दा गुणस्तरमा पनि ध्यान दिन स्थानीय रातदिन खटिरहेको जानकारी दिए ।

अनुगमनकै क्रममा भेटिनु भएका टिका पराजुली पनि टोलटोलमा कालोपत्रे भएकोमा उत्साहित देखिए । ‘हामी लामो समयदेखि यहाँको दुर्दशाबाट परिचित छौँ । अब हिलो, धुलोमा दिनहुँ हिड्नु पर्ने वाध्यताबाट मुक्त भएका छौँ । ८–९ करोडको लगानीमा हाम्रो टोलमा यति छिटै यस्तो बाटो बन्ला, कालोपत्रे होला भन्ने सोचेकै थिएनौँ,’ उत्साहित हुँदै पराजुलीले भने, ‘नेताहरु चुनावका बेला ठूला–ठूला भाषण गर्ने र जितेपछि हराउने अनि एकै चोटी अर्को निर्वाचनमा आउने देखेका हामीलाई यो पटक चुनावताका गरेका प्रतिवद्धता पूरा हुँदा औधी खुशी लागेको छ । यसमा काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु र वडाका जनप्रतिनिधिलगायतलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

पराजुलीसँगै भेटिएका नारायण प्रसाद अधिकारीले पनि वाटो बनेकोमा र जनप्रतिनिधि नै अनुगमनमा आएकोमा खुशी व्यक्त गरे । उनले गुणस्तीय काम होस भन्ने बाहेक अरु माग केही नरहेको बताए ।

स्थानीय सरस्वती कार्कीले केन्द्रीय र स्थानीय तहबाट भैरहेका कामको गतिविधिका लागि सम्वन्धित निकायबाट निरन्तर हुने गरेका अनुगमन सकारात्मक भएको प्रतिक्रिया दिए ।

करीब दुई घण्टा जतिको अनुगमनकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ प्रमुख शाक्यले आफू निर्वाचित भएर आएपछिका तीन वर्षमा वडामा भएका विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन अनुगमनमा निस्किएको बताए । ‘हामीले प्रत्येक वडाको विकास निर्माणका लागि बजेट पठाउने गरेका छौँ,’ उनले भने, ‘केन्द्रबाट पठाएको बजेट र वडामार्फत पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो । कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरेका हौँ । यस्ताखाले अनुगमन ३२ वटै वडामा समय–समयमा गर्दै आएका छौँ ।’

उनले चुनाव प्रचारका बेला मैजुबहाल चक्रपथको कालोपत्रे गर्नेलगायतका काम आफु निर्वाचित भएपछि पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदै काम सम्पन्नको चरणमा आइपुग्दा खुशी लागेको बताए ।

‘मैले चुनाव प्रचारका बेला लामो सयमदेखि अलपत्र परेको यो सडक निर्वाचित भएपछि मेरै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको थिएँ । आठ करोड बढीको बजेट सानो होइन । ठूलो बजेटको काम भएकाले योजना पूरा नहुने हो कि भन्ने यहाँका स्थानीयको आशंका थियो । आज सम्पन्न हुने चरणमा छ, म खुशी छु,’ उनले भने, ‘बोल्ने धेरै आए । तर, काम कसैबाट पूरा भएन । तपाईँको पनि त भाषण मात्रै होला नि भनी यहाँका स्थानीयले गुनासो गर्नुभएको थियो । आज तपाईँहरुको त्यो प्रश्नको जवाफ कामबाटै दिएको छु । यो सबै टिमओर्कका कारण सम्भव भएको हो ।’

उनले अन्य बाँकी काम पनि सकेसम्म यहि कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सल्लाहकार भट्टराईले सन्तोषजनक रुपमा काम अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो । उनले काठमाडौँ महानगरपालिकाको विशेष पहलमा काम सम्पन्न हुने चरणमा पुगेको भन्दै आगामी दिनमा यसको संरक्षणको दायित्व टोलबासीको भएको बताए ।

वडाध्यक्ष डंगोलले पनि उम्मेदवार बनेकै बेला निर्वाचित भएपछि विकास निर्माणको जिम्मा लिने प्रतिवद्धता व्यक्त गरेको भन्दै आज प्रतिवद्धता पूरा हुने चरणमा रहेको बताए । नगर विकासले अलपत्र पारेर छाडेको मैजुबहाल चक्रपथको कालोपत्रे गर्ने काम महानगरपालिकाले सम्पन्न गरेको बताए । ‘यो महानगरपालिकाको भौतिक पूर्वाधारको क्षेत्रमा सायद सबै भन्दा ठूलो बजेट हुनुपर्छ । यति धेरै बजेटमा यहाँको काम सम्पन्न गर्न पाउँदा खुशी लागेको छ,’ उनले भने, ‘अन्य विकास निर्माणका कामलाई पनि हाम्रै कार्यकालमा पूरा गर्ने गरी लाग्छौँ ।’

उनले मैजुबहाल चक्रपथको करीब २ किलोमिटर कालोपत्रे गर्ने, विजुलीका पोल सार्नेलगायतका कार्यका लागि करीब ८ करोड ५० लाखको योजना भएको सुनाए ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ३ : ४८ बजे

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।