विश्वकप छनोटका खेल – घरेलु मैदानमा बलियो नेपाल | Khabarhub Khabarhub

विश्वकप छनोटका खेल – घरेलु मैदानमा बलियो नेपाल



काठमाडौँ– २०२२ कतारमा हुने फिफा विश्वकप तथा २०२३ एसियन गेमको छनोटमा नेपाली फुटबल टोली अहिले जुटेको छ । नेपालले घरेलु मैदानमा चैत १२ गते हुने चाइनिज ताइपेइ र १७ गते अस्ट्रेलियासँग हुने खेललाई मध्यनजर गर्दै बन्द प्रशिक्षण सुरु गरेको छ ।

सन् १९८६ मा काठमाडौँस्थित दशरथ रंगशालामा दक्षिण कोरियासँग खेल्दै नेपालले विश्वकप छनोटको याज्ञा सुरु गरेको थियो ।

त्यसअघि नेपालले विश्वकप जस्तो महाकुम्भको छनोट चरणसम्म पनि खेल्न पाएको थिएन । थियो त, केबल दक्षिण एसियाली क्षेत्रमा सीमित । यस क्षेत्रमा भने भारतसँगसँगै थियो ।

पहिलो पटक नेपालले विश्व्कप छनोट खेलिरहँदा काठमाडौँमा नेपाली टोलीका खेलाडीहरु निकै उत्साहित रहेको तत्कालिन टोलीका सदस्य राजुकाजी शाक्य बताउँछन् ।

दक्षिण कोरिया पहिलैदेखि शक्तिशाली टिमका रुपमा एसियाली क्षेत्रमा थियो । नेपाल एसियाली फुटबल सहभागिता मात्रै जनाउने गरेको थियो । तर, पहिलो पटक विश्वकपको छनोट खेल्दा नेपाली टोलीको प्रतिद्वन्दी कोरिया पर्न गर्यो ।

तर, पनि त्यसमा नेपाली टीम सम्यम भएर खेलेको शाक्य बताउँछन् । नेपालले त्यसअघि नै दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक हात पारिसकेको थियो ।

कोरिया र मलेसियासँग काठमाडौँमा खेल्दै विश्वकप छनोटमा सहभागिता सुरु गरेको नेपालको विश्व फुटबलमा भने स्थान बनाउन सकेको छैन ।

यसपटक भने नेपाल एसियाली बरियतामा माथि रहेकै कारण विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गर्दै छनोट खेलिरहेको छ । तर, नेपालका लागि अस्ट्रेलिया जस्तो एसियाको ‘पावर हाउस’ सँग प्रतिस्पर्धा गर्नु पर्यो । जसमा नेपालले क्यानबेरामा खेलेको खेलमा ५–० को फराकिलो हार व्येहोर्न पुग्यो ।

त्यस्तै, जोर्डन र कुवेत पनि नेपालको तुलनामा बलिया टोली हुन् । जोर्डनको अम्मानमा भएको खेलमा नेपाल ३–० को हार व्येहोर्न पुग्यो । कुवेतसँगको अवे खेल भने नेपाली टोलीका लागि निकै भारी पर्यो । जसमा फिक्सिङ भएको अनुमान समेत गरियो । नेपाल कुवेतको घरेलु मैदानमा ७–० गोल अन्तरले स्तब्ध बनेको थियो ।

पछि त्यहिँ टोलीसँग होम गेम अन्तर्गत थिम्पुमा भएको खेलमा नेपालले १–० गोलको झिनो अन्तरले पराजित भयो ।
२०२२ विश्वकपमा नेपालले जितेको एक खेल चाइनिज ताइपेइसँगको ताइपेइ सिटीमा भएको खेल हो । जसमा नेपालका युवा स्टार अन्जन खड्काले २ गोलगर्दै टिमलाई २–० जित दिलाएका थिए ।

त्यहिँ जितले नेपाललाई कम्तीमा एसियन गेमका छनोट हुने आशा बाँकी राखेको छ ।

नेपालले अब तीन खेल काठमाडौँमा खेल्नेछ । जसको नतिजाले नेपालको एसियन गेममा छनोट हुने कि नहुने भन्नेमा निर्भर छ । नेपाली खेलाडीले आफ्नो घरेलु मैदानमा खेल्ने अवसर पाएका छन् ।

विश्वकप छनोटका खेलमध्ये ‘वान फिप्थ’ अर्थात् ७ खेल नेपालले काठमाडौँमा खेलिसकेको छ । जसमा २ खेलमा जित हात पारेको छ भने ३ खेल बराबरी खेलेको छ । दुई खेलमा हार व्येहोरेको छ ।

‘घरेलु मैदानमा हुने खेलमा दर्शक हुन्छन् । मैदानको क्राउड पनि साथ दिन्छ । आफ्नो मैदानमा आफुले खेल्दा धेरै कुराहरुले आफुलाई फेवर गर्छ । जस्तो मौसम, मैदानमा गुन्जने आवाज, यी र यस्तै कुराहरुले खेलाडीलाई राम्रो गर्ने प्रेरणा मिल्छ,’ कीर्तिमानी खेलाडी शाक्यले भने ।

‘त्यतिबेला अहिलेको जस्तो हुँदैनथ्यो । हजारौंको संख्यामा खेल हेर्न दर्शक रंगशाला उपस्थित हुन्थे । फुटबलको क्रेज पनि उस्तै थियो,’ शाक्य सन् १९८६ मा कोरियाविरुद्धको खेल सम्झन्छन्, ‘३०–३५ हजार दर्शक आएका थिए । कोरिया बलियो टोली थियो । तर, सकेसम्म गोल गर्न नदिने यति गोल भइहाले कम स्कोरमा रोक्ने भन्ने टिमको योजना थियो । जसमा हामी ३–० गोलले पराजित भयौं । तर, दोस्रो मलेसियासँगको खेल जित्नै पर्ने थियो । गोल अवसर पनि पाएका थियौं । तर, गोल गर्न नसकेपछि गोलरहित बराबरीमा खेल सकियो ।’

नेपाललाई पराजित गरेको कोरियाले पहिलो पटक विश्वकप पनि त्यहीँ बेला खेलेको थियो ।

विश्वकप छनोट अन्तर्गत काठमाडौँमा भएका खेलको नतिजा
सन् १९८६ को विश्वकप छनोट
दक्षिण कोरियासँग २–० हार
मलेसियासँग गोलरहित बराबरी
२००८ विश्वकप छनोट
ओमानसँग २–० को हार
२०१४ विश्वकप छनोट
टिमोर लिस्टेसँग २–१ गोलको जित (अवे खेल लिस्टेको आफ्नो देशमा मैदान नहुँदा काठमाडौँमै आफ्नो होम गेम खेलाएको थियो ।)
नेपालका लागि अनिल गुरुङ र जुमानु राईले गोल गरे ।
लिस्टेसँगको दोस्रो खेल (होम गेम) ५–० गोलको फराकिलो जित
अनिल गुरुङ, भोला सिलवाल, जुमानु राई, जगजित श्रेष्ठ, सुजल श्रेष्ठ ले गोल गरेका ।
जोर्डनसँग १–१ गोल बराबरी
भरत खवासको गोल ।
२०१८ विश्वकप छनोट
भारतसँग खेल्दा ०–० बराबरी ।

पहिलेको जस्तो सजिलो छैन

नेपालको विश्वकप छनोटमा घरेलु मैदानको नतिजा हेर्दा काठमाडौँमा राम्रो नतिजा देखिन्छ । जस्तो पहिलो विश्वकप छनोटको खेलमा नेपालमा हुँदा २–० साघुँरो हार व्येहोरेको नेपालले सउलमा खेल्दा ४–० गोलको फराकिलो हार व्येहोरेको थियो ।

सन् १९८६ मै मलेसियासँग काठमाडौँमा अंक बराबर गरेको नेपाल क्वालालम्पुरमा ५–० गोल अन्तरले पराजित भएको थियो । यस्तै, जोर्डनतसँग सन् २०१४ को विश्वकप छनोट खेल्दा अम्मानमा भएको खेलमा नेपाल ९–० गोल अन्तरले पराजित भएको थियो भने पछि काठमाडौँमा खेल्दा १–१ गोल बराबरी खेलेको थियो ।

नेपाली फुटबल टोलीले काठमाडौँमा खेलेका ७ खेलमा ६ गोल खाएको छ भने ८ गोल विपक्षी गरेको छ ।

पाहुना बनेर जाँदा नेपाली टोलीको नतिजा र विपक्षी टोलीसँग घरमै खेल्दा धेरै अन्तर देखिन्छ । तर, के ताइपेइ, अस्ट्रेलिया र जोर्डनलाई नेपाली टोलीले काठमाडौँमा रोक्न सफल होला त ? खासगरी अस्ट्रेलियालाई नेपालले साघुँरो गोल अन्तरमा रोक्न सकेपनि नेपाली टोलीका लागि सफलता हुने छ भने त्यसपछि हुने जोर्डनसँगको खेलमा जितको अपेक्षा गर्नु गलत हुने छैन ।

‘नेपाली टोलीको होम गेम राम्रो देखिन्छ विगतमा । तर, अहिले र त्यो समयको खेल निकै फरक भइसकेको छ,’ शाक्य भन्छन्, ‘त्यहिँखेर शारीरिक रुपमा बलियो भए मैदानमा राम्रो गर्न सकिन्थ्यो तर, अहिले शारीरिकसँगै प्राविधिक र मानसिक रुपमा पनि बलियो हुन जरुरी छ।’

नेपाली टोलीका प्रशिक्षक बाल गोपाल महर्जनको भने घरेलु मैदानमा राम्रो नतिजा दिने प्रयास गर्ने बताएका छन् ।

रंगशाला नेपालकै लागि नयाँ

नेपालको एकमात्रै अन्तराष्ट्रिय स्तरको दशरथ रंगशालामा नेपाली टोलीले नखेलेको ५ वर्षभन्दा बढी समय भइसकेको छ । २०१५ मा गएको विनाशकारी भूकम्पले क्षतविक्षत पारेको रंगशाला पूननिर्माणको काम अघिल्लो वर्षमात्रै सकिएको छ ।

नेपाली टोलीले रंगशालामा खेल्न पाएको छैन । यसबीचमा नेपालले मैत्रिपूर्ण फुटबल रंगशालामा खेल्न पाएन भने विश्वकप छनोटमा घरेलु टोलीका लागि पनि नयाँ मैदान जस्तै बन्न सक्छ ।

राष्ट्रिय टोलीले रंगशालामा पनि अभ्यास गर्ने बताइएको छ । अहिले विश्वकपका लागि मैदानको मेन्टेनेन्सको काम भइरहेको छ । त्यसैले बन्द प्रशिक्षण एन्फा कम्प्लेक्स मैदानको एस्ट्रो टर्फमा भइरहेको छ । तर, सशस्त्रको हलचोक वा आर्मी हेडक्वाटरको मैदानमा भएपनि नेचुरल मैदानमा टोलीले अभ्यास गर्ने बताइएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १ : २० बजे

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको