कुखुरा फार्ममा आगलागी, ९०० चल्ला जले | Khabarhub Khabarhub

कुखुरा फार्ममा आगलागी, ९०० चल्ला जले


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको बेलबारीस्थित एक कुखुरा फार्ममा आगालगी हुँदा ९०० चल्ला जलेका छन् ।

बेलबारी-९ माझी गाउँमा नारायण आचार्यले सञ्चालन गरेको फार्ममा बिहीबार बिहान २ बजेतिर लागेको आगोमा ९०० चल्ला जलेर मरेको बेलबारी प्रहरीले जनाएको छ ।

आगो तत्काल नियन्त्रणमा लिन नसक्दा फार्ममा भएका सबै चल्ला जलेर मरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

आचार्यका अनुसार फूसको छानो भएको फार्ममा आठ सयवटा ब्रोइलर र एक सयवटा लोकल कुखुराका चल्ला पालिएको थियो ।

विद्युत सर्ट भएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ । आगोले फार्म पूर्ण रुपमा जलेको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १० : ५५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न