औषधिको अवैध ओसारपसार, ८ जना पक्राउ | Khabarhub Khabarhub

औषधिको अवैध ओसारपसार, ८ जना पक्राउ


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- इजाजत बिनाका औषधि बेचेको आरोपमा ८ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङका अनुसार उनीहरुको साथबाट ३१ लाख ५ हजार ६३३ मुल्य बरावरको औषधि समेत बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा कालिका ४ बस्ने राजकुहार महतो, कालिका ३ का हरिशरण चौधरी, माडी नगरपालिका ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुर जिल्ला गढी गाउँपालिका ८ का सुरज गौतम छन् । यस्तै माडी वडानम्वर ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडानम्वर २३ बस्ने बिपिन सापकोटा रहेका छन् ।

उनीहरुलाई बुधबार बिहान इलाका प्रहरी कार्यालय माडीमा प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ठोरी नाका हुँदै नेपालतर्फ आउदै गरेको ना ४ ख ४४२५ नम्वरको गाडी चेकजाँदा गर्दा डिक्कीमा बोरामा लुकाएर ल्याइएको एन्टीअक्सीडेण्ट, सिलाजित, नेट्रोभित्ता, क्याल्सीयम आदि लेखेको औषधि बरामद भएको हो ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ८ : १० बजे

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार