२ लाख ६४ हजार नगदसहित भक्तपुरमा १० जुवाडे पक्राउ  | Khabarhub Khabarhub

२ लाख ६४ हजार नगदसहित भक्तपुरमा १० जुवाडे पक्राउ 


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरमा प्रहरीले कौडा खेलिरहेको अवस्थामा १० जुवाडेलाई पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका–८ बोडेस्थित अमरकृष्ण अवालले सञ्चालन गरेको नगदेश स्कुनर हाउसबाट १० जना जुवाडेलाई पक्राउ गरेको हो ।

कौडा खेलिहरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले २ लाख ६४ हजार १३५ रुपैयाँसहित १० जनालाई नियन्त्रणमा लिइएको वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऋषि कँडेलले जानकारी दिए ।

डीएसपी कँडेलका अनुसार पक्राउ पर्नेहरुमा अम्मर कृष्ण अवाल, राजकुमार चित्रकार, रविन्द्र नापित, टिका ज्यापु, कर्ण लामा, राजेन्द्र साहुखल, श्यामकृष्ण घजु, हिराकाजी प्रजापती, पञ्चकुमार घजु र तुई लाल प्रजापति रहेका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट १६ वटा कौडा समेत बरामद भएको डीएसपी कँडेलले बताए । अमरकृष्ण अवाल स्कुनर सञ्चालक समेत हुन् ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  १० : ३४ बजे

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट

बागलुङका ३८ वनमा आगलागी

बागलुङ– बागलुङमा गत फागुनदेखि अहिलेसम्म ३८ वटा सामुदायिक वनमा आगलागी

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।