नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरी | Khabarhub Khabarhub

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरी


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको छ ।

ढाकास्थित बंगबन्धु रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेल खेलिरहेको नेपालले आज सुधारिएको प्रदर्शन गर्ने लक्ष्य राखेपनि मैदानमा खेलाडीको बल पोसेसन भने राम्रो हुन सकेको छैन ।

बंगलादेशसँग पहिलो खेल २–० गुमाएको नेपाल आज पनि रक्षात्मक अवस्थामा देखिएको छ ।

अनुभवी खेलाडी भरत खवासलाई टिमको कप्तानी दिएपनि उनी खेलको १९ औं मिनेटमा नवयुग श्रेष्ठसँग सब्स्टीच्युट भए ।
खवास मैदानबाट बाहिरिएपछि कप्तानी गोलरक्षक किरण कुमार चेमजोङले गरिरहेका छन् ।

नेपालमाथि हावी भइरहेको बंगलादेशलाई रोक्ने नेपाली रक्षापंक्ति पहिलो हाफमा सफल भएको छ । सिरिजको ट्रफी जित्न नेपालले ३–० गोल अन्तरको जीत हात पार्नु पर्नेछ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ५ : ४३ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्