६ लाख रुपैयाँसहित बुटवलमा ६ जुवाडे पक्राउ | Khabarhub Khabarhub

६ लाख रुपैयाँसहित बुटवलमा ६ जुवाडे पक्राउ


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रहरीले बुटवलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ माझगाउँस्थित होन्डा होटलमा जुवातास खेलिरहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो।

सोमबार दिउँसो सवा तीन बजेतिर सुराकीको आधारमा गएको प्रहरी टोलीले बुटवलका विभिन्न स्थानमा बस्ने ६ जनालाई जुवातास खेल्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ६ लाख रुपैयाँ समेत बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा बुटवल ४ का ४४ वर्षीय होम क्षेत्री, बुटवल ११ का २८ वर्षीय राजेश रसाइली, २६ वर्षीय कुशल थापा, २७ वर्षीय आकाश खत्री, ३७ वर्षीय धीरज प्रधान र बुटवल ९ का ३५ वर्षीय संविधान खत्री छन्।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ४ : ५७ बजे

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ