इराक र अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लैजाने अपेक्षा | Khabarhub Khabarhub

इराक र अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लैजाने अपेक्षा


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता लैजाने आदेश दिने अमेरिकी सेनाले आशा गरेको बताएका छन् ।

किनकि, यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमससम्म सबै अमेरिकी सैनिकलाई फिर्ता बोलाउन चाहेको बताएका थिए ।

समाचारका अनुसार अफगानिस्तानमा सन् २०२१ को जनवरीसम्म आधा सैनिक फिर्ता गरेर २५०० जनामा झारिने र इराकमा ५०० सैनिक कटौती गरेर २५०० मात्र राखिनेछ ।

सञ्चारमाध्यमका रिपोर्ट अनुसार सैनिक फिर्ता ल्याउने काम जनवरी १५ सम्म सकिनुपर्ने छ ।

यसअघि पनि राष्ट्रपति ट्रम्पले सेनालाई घर फिर्ता बोलाउने बताउँदै आएका छन् ।

अफगानिस्तानमा सन् २००१ देखि अमेरिकी सेना रहेका छन् । सन २००१ सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकामा हमला गरेको केही सातापछि अमेरिकी नेतृत्वको संयुक्त सेनाले तालिबान सत्ता अन्त्य गरेको थियो ।

त्यसबेला अफगानिस्तानलाई अलकायदाको आधार क्षेत्र मानिन्थ्यो ।

तालिबान पुनः संगठित भएर सन् २०१८ देखि देशको दुई तिहाइ भागमा सक्रिय रहँदै आएको छ । अमेरिकाले यसै वर्षदेखि तालिबानसँग शान्ति सम्झौता गरेर आफ्ना सेना फिर्ता गर्न थालेको हो ।

इराकबाट पनि अमेरिकाले आफ्ना सेना फिर्ता लगेको छ । सेप्टेम्बरमा अमेरिकाले ५२०० सेनाबाट घटाएर ३००० पु¥याएको थियो ।

अमेरिकी नेतृत्वको फौजले सन् २००३ मा इराकमाथि कब्जा गरेर राष्ट्रपत्ति सद्दाम हुसेनलाई हटाएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  १ : ५४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन