सलमान खान जब गर्लफ्रेण्डको बेडरुममा रंगेहात पक्राउ परे | Khabarhub Khabarhub

सलमान खान जब गर्लफ्रेण्डको बेडरुममा रंगेहात पक्राउ परे


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खान जति फिल्मका कारण चर्चामा छन्, त्यति नै उनको प्रेम जीवन पनि चचामा रहने गर्छ ।

उनको नाम संगीता बिजलानी, सोमी अली, ऐश्वर्या, क्याटरीना कैफ, युलिया बन्तुर लगायतसँग जोडिने गर्छ ।

ऐश्वर्यालाई छोड्ने हो भने उनी हरेक सम्बन्धलाई सामान्य रुपमा लिएका थिए । उनी आफ्नो पार्टीमा पनि सबैलाई बोलाउँथे ।

‘दशका दम’ नाम टिभी शोमा सलमान खानले एक रमाइलो किस्सा सुनाएका थिए । उनले भनेका थिए, उनी आफ्नी गर्लफ्रेण्डलाई भेट्न गर्लफ्रेण्डको घर गएका थिए ।

घरमा यी दुईबाहेक कोही थिएनन् ।

एक्कासी घरमा युवतीका परिवार आइपुगे । त्यतिबेला सलमान खान घरमा लुक्ने मौका खोजे । उनी लुक्नका लागि ठाउँ खोज्न थाले ।

लगत्तै उनी बेडरुममा भएको आलमारीमा लुके । बल्लतल्ल उनी आलमारीमा लुकेका थिए ।

सलमान खानका अनुसार आलमारीमा धूलो थियो । उनलाई हाछ्युँ आउयो । भाँडा पनि खसे । लगत्तै सलमान खान रंगे हात पक्राउ परे ।

परिवारसँग त्यस्तो कुनै लफडा पनि भएन । न त सलमान खानले आफ्नी गर्लफेन्डको नाम नै बताए ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  १ : १८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द