ओलीले बालुवाटार बोलाउँदा गएनन् प्रचण्ड | Khabarhub Khabarhub

ओलीले बालुवाटार बोलाउँदा गएनन् प्रचण्ड


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशको विवादका विषयमा प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटरमा नेताहरुसँग छलफल गरिरहेका छन् ।

छलफलका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाहलगायतका नेता बालुवाटारमा पुगेका छन् ।

तर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बालुवाटार गएका छैनन् । उनले प्रधानमन्त्री ओलीले यसविषयमा छलफल गरेपछि संयुक्त छलफलमा बस्ने भन्दै प्रचण्ड बालुवाटार नगएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले कर्णालीको विवादका विषयमा यसअघि नै नेताहरुसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री शाहीविरुद्ध कँडेलको नेतृत्वमा अविश्वसको प्रस्ताव आएपछि प्रदेशमा विवाद चुलिएको थियो। गत आइतबार १८ जना सांसदहरुले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

त्यसपछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई बिहीबार छलफल गर्नेगरी मंगलबार काठमाडौं बोलाएका थिए। तर, अझैसम्म पनि संयुक्त रुपमा छलफल हुन सकेको छैन।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १२ : ५४ बजे

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा