आइपीएलमा आज दुई खेल, पहिलो खेलमा राजस्थान र बैंगलोरको प्रतिस्पर्धा | Khabarhub Khabarhub

आइपीएलमा आज दुई खेल, पहिलो खेलमा राजस्थान र बैंगलोरको प्रतिस्पर्धा


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबईमा बैंगलोर र राजस्थान नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् । बैंगलोर र राजस्थानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोर छैठौँ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर तेस्रो स्थानमा रहेको छ । राजस्थानलाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ ।

तर, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थानलाई हराउन बैंगलोरलाई सहज हुने छैन । राजस्थान पनि बैंगलोरलाई हराएर चौंथो जित निकाल्न चाहन्छ ।

८ खेलमा ६ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ । बैंगलोरलाई हराएर राजस्थान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।

यस्तै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यसै सिजनको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ८ विकेटले हराएको थियो ।

आजै राति पौने ८ बजे हुने खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्दैछन् ।

सारजामा हुने खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्ली र छैठौँ स्थानमा रहेको चेन्नईबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

युवा क्रिकेटर श्रेयस ऐयरको कप्तानीमा रहेको दिल्ली जित हात पार्दै शीर्ष स्थानमा उक्लन चाहन्छ भने चेन्नई पनि दिल्लीलाई रोक्दै अंकतालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १२ : ४१ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र