बिरामीको मृत्यु भएपछि नोबेल अस्पताल विराटनगरमा तनाव | Khabarhub Khabarhub

बिरामीको मृत्यु भएपछि नोबेल अस्पताल विराटनगरमा तनाव


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- बिरामीको मृत्यु भएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजका चिकित्सकमाथि हातपात भएको छ ।

अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकी विराटनगर महानगरपालिका-३ की ५१ वर्षीया लक्ष्मीकुमारी पोखरेलको साँझ साढे बजे मृत्यु भएपछि उनका आफन्तले चिकित्सकमाथि नै हातपात गरेका हुन् ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै छोराहरुले मोटरसाइकलमा राखेर उपचारका लागि साढे ६ बजेतिर अस्पताल पुर्‍याएकी पोखरेलको अस्पतालले लापरबाहीले मृत्यु भएको भन्दै चिकित्सकमाथि हातपात गरेको व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

उनीहरूले ढुंगामुडा गर्दै चिकित्सकमाथि आक्रमण गरेपछि  प्रहरीले लाठी चार्ज पनि गरेको छ । प्रहरीले तोडफोड र चिकित्सकमाथि दुर्व्यवहारमा संलग्न रहेको भन्दै छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

तोडफोडबाट अस्पतालका दुईवटा बसमा क्षति पुगेको प्रहरीले जनाएको छ । अस्पतालको को १ क २४१६ र को १ क १०९३ नम्बरको बसको अगाडिको सिसा फुटेको दाहालले जानकारी दिए ।

राति तीन घण्टाभन्दा बढी प्रदर्शनमा उत्रिएका परिवारका सदस्य र आफन्त शव अस्पतालमै छाडेर हिँडेका छन् । उनीहरुले लापरबाही गर्ने चिकिसत्कमाथि कारबाही हुनुपर्ने अडान राखेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ९ : १३ बजे

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल