एम्बाप्पेको दुई गोलमा पीएसजीको शानदार जित | Khabarhub Khabarhub

एम्बाप्पेको दुई गोलमा पीएसजीको शानदार जित


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– केलियन एम्बाप्पेको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निम्समाथि शानदार जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा निम्सलाई ४–० ले हराउँदै पीएसजी फ्रेन्च लिग वानको शीर्ष स्थानमा पनि उक्लिएको छ ।

पीएसजीको सहज जितमा एम्बाप्पेले दुई गोल गर्दा एलसान्द्रो फ्लोरेन्जी र पाब्लो सारावियाले समान एक/एक गोल गरे ।

लिग वानको पछिल्लो पाँच खेलमा पीएजसीको यो लगातार पाँचौ जित हो । पीएसजीले सुरुवाती दुई खेल गुमाएको थियो ।

जितसँगै पीएसजीको ७ खेलबाट १५ अंक पुगेको छ । समान खेलबाटै रेनेसलेको पनि १५ अंक नै रहे पनि गोलअन्तरमा पीएसजी शीर्षस्थानमा छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ६ : ४४ बजे

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्