हालसम्म विदेशमा समस्या परेका ६७ हजार बढी नेपाली स्वदेश फर्किए | Khabarhub Khabarhub

हालसम्म विदेशमा समस्या परेका ६७ हजार बढी नेपाली स्वदेश फर्किए


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले नियमित तथा ‘उद्धार उडान’मार्फत हालसम्म ६७ हजार बढीको उद्धार गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार भदौ अन्तिमसम्म ६६ हजार ३१९ नेपाली स्वदेश फर्किएका छन् । यस्तै असोज १ गते थप ९०१ जनासहित कुल ६७ हजार २२० स्वदेश फर्किएका छन् ।

सीसीएमसीका अनुसार आजमात्रै साउदी अरबबाट १५५ नेपाली स्वदेश फर्किएका छन् भने २ शव समेत ल्याइएको छ।

यस्तै चीनबाट ५०, मलेसियाबाट १४४, कतारबाट १८६, स्टान्बुलबाट २२५ र दुबईबाट १४१ जना स्वदेश फर्किएका हुन् ।

यसअघि भदौ ३१ सम्मको अवधिमा विभिन्न ३० देशमध्ये सबैभन्दा धेरै युएईबाट १८ हजार ७९६ जना स्वदेश फर्किएका छन् ।

यस्तै कतारबाट ८ हजार ७४२, कुवेतबाट ७ हजार ५१७, मलेसियाबाट १० हजार ३२३, साउदीबाट ९ हजार ६१९ जना फकिएका छन् ।

यस्तै अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, ओमान बहराइन लगायतका देशबाट पनि उल्लेख्य संख्यामा नेपाली स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ९ : ०६ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश