४ लाख ६५ हजार नक्कली नोट बरामद | Khabarhub Khabarhub

४ लाख ६५ हजार नक्कली नोट बरामद


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- प्रहरीले ललितपुरको ताल्छीखेलबाट नक्कली नोट बरामद भएको छ ।

ललितपुर महानगरपालिका–१४ ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद भएको ललितपुर प्रहरीले जनाएको हो ।

ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार खरिद गर्ने क्रममा नक्कली नोट दिएर फरार भएको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले सो नक्कली नोट बरामद गरेको हो ।

सुन पसलेका अनुसार बिल समेत नलिई उनीहरु फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ गड्डीमा ४६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १/१ थान सक्कली नोट बरामद भएको हो ।

नक्कली नोट दिएर फरार भएकाहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ६ : ५२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०