नबिल बैंकले ल्यायो चाडपर्व योजना | Khabarhub Khabarhub

नबिल बैंकले ल्यायो चाडपर्व योजना


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नबिल बैंकले चाडपर्व लक्षित नयाँ योजना ल्याएको छ । कोविड १९ महामारीको प्रभावमा परेका नेपालीको मुहारमा खुसी भर्ने योजनासहित नयाँ कार्यक्रम सार्वजनिक गरेको छ ।

बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना सुरु गरेको जनाएको छ ।

नेपालीको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दतीखाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने गरी योजना ल्याएको बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी १ वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत व्याजदर प्रदान गर्नेछ ।

२ वर्षभन्दा माथि र ५ वर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५० प्रतिशत व्याजदरप्रदान गरिने बैंकले जनाएको छ ।

साथै, कर्जा अन्तर्गत निम्न बमोजिमको ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय गरेको छ ।

– घर कर्जामा : ७.४९ प्रतिशत
– धितो कर्जामारव्यक्तिगत ओभरड्राफ्टमा : ७.९९ प्रतिशत

साना तथा मझौला कर्जामा
– एक करोड सम्मको कर्जामा : ७.४९ प्रतिशत
– एक करोड भन्दा माथिकोकर्जामा : ७.९९ प्रतिशत

यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन गरिने छैन ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  १ : ५६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन