कंगनाले करणलाई भिलेन हुने भनेपछि... | Khabarhub Khabarhub

कंगनाले करणलाई भिलेन हुने भनेपछि…


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय अभिनेत्री कंगना रनौतको चर्चा प्राय उनको विद्रोही स्वभावका कारणले हुने गरेको छ । कंगना कुनै पनि बिषयमा खुलेर बोल्ने अभिनेत्रीमा पर्दछिन् । यहि स्वभावले उनलाई फ्यानमाझ छन् लोकप्रिय बनाएको छ ।

कंगना रनौत र बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जौहरबीच राम्रो सम्बन्ध छैन । कंगनाले करणको शो कफी विथ करणमा नातावादका अलावा बलिउडका भित्रिबाहिरी नकारात्मक पक्षलाई उदांगो पारेकी थिइन् ।

कंगनाले शोको शुरुवातमा नै आफ्नो सफलताका पछाडी करण जौहरको हात रहेको बताएकी थिइन् । उनले शोमा भनेकी थिइन् यदि तपाईंले यस शोमा मेरो नकारात्मक कुरा नगरेको भए, मेरो अंग्रेजीलाई हासो नबनाएको भए सायद म यहाँसम्म पुग्ने थिइन होला ।

कंगनाले करणलाई आफ्नो शब्द अरुको मुखमा जबरजस्ती राख्न खोजेको आरोप लगाएकी थिइन् । यहि कारणले करण र कंगनाबीच विवाद शुरु भएको थियो । करणको शोमा कंगना यतिमात्रमा रोकिइनन् उनले यदि कुनै दिन आफ्नो बायोपिक बनेमा त्यस कथामा भिलेनको रोलमा करण हुने बताइन् । यहि कारणले आजसम्म पनि कंगना र करणको सम्बन्ध राम्रो छैन ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  १० : ३२ बजे

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।