विश्वभर ३ करोडभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

विश्वभर ३ करोडभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर ३ करोडभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ४६५ जनामा संक्रमण पुष्टि भएसँगै बिहीबार बिहान विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३० हजार ८३९ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार २२० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ४५ हजार ५१ पुगेको छ ।

एकै दिन २ लाख ६१ हजार ७०७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बिहीबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १७ लाख ९७ हजार ९१८ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १४ हजार २३५ जनाको मृत्यु भएको छ । ४२ लाख १८ हजार ९६२ जना संक्रमित भएकोमा २२ लाख ८२ हजार ३१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९४ हजार ५५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८१ लाख ३७ हजार २५० पुगेको छ । त्यसमध्ये ५० लाख ३७ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६९ हजार ८९२ जनाको मृत्यु भएको छ । ८९ लाख ७१ हजार १७१ जना संक्रमित भएकोमा ७२ लाख ७५ हजार ८५५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ३२ हजार ६८२ जनाको मृत्यु भएको छ । ७२ लाख ९२ हजार ३०० जना संक्रमित भएकोमा ६० लाख ४४ हजार ६१६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३३ हजार ३०५ जनाको ज्यान गएको छ भने १३ लाख ८० हजार १४१ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ३१ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८६७ जनाको मृत्यु भएको छ । ३० हजार २९४ जना संक्रमित भएकोमा २६ हजार ३८७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ५ : ५० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न