नेपाल फर्किने लिस्टमा नाम छ, जहाज चढ्ने टिकट छैन | Khabarhub Khabarhub

नेपाल फर्किने लिस्टमा नाम छ, जहाज चढ्ने टिकट छैन



दोहा— खाडी मुलुकहरूमा रहेका नेपाली दूतावासहरूले कोरोना भाइरस महामारी लगायत अन्य कारणले समस्यामा परेर स्वदेश पठाउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान तालिका सार्वजनिक गरे पनि यहाँ स्थित नेपालीहरूले टिकट पाउनै सकस भएको गुनासो गरेका छन् ।

झण्डै सात महिनादेखि रोजगारी गुमाएर साउदी अरबबाट स्वदेश फर्किने दिनको पर्खाइमा रहेका अर्घाखाँचीका विशाल कार्कीले भने, ‘बल्ल बल्ल दूतावासले सार्वजनिक गरेको लिस्टमा नाम त आयो तर के गर्नु टिकट नै पाइँदैन ।’

टिकट खरिदका लागि ट्राभल एजेन्सीमा पटक पटक बिहानदेखि लाइनमा बसे पनि बेलुका रित्तोहात फर्किनु परेको उनले बताए । आफू बिरामी पनि रहेको उनको भनाइ छ ।

साउदी अरबबाट स्वदेश फर्किन टिकटको खोजीमा भौँतारिएका खोटाङका धनकुमार राईका अनुसार हवाई टिकटको उचित व्यवस्थापन नहुँदा हजारौँ नेपालीहरू निराश बनेका छन् । स्वदेश फर्किन लागेका अधिकांश नेपालीहरू हवाई टिकटका लागि चर्को घाममा लाइन बस्न बाध्य छन् ।

दूतावासहरूले टिकटका लागि सम्बन्धित एयरलाइन्सको ट्राभल्स एजेन्सीसँग सम्पर्क गर्ने भने पनि उचित व्यवस्थापन नभएको धनकुमारको भनाइ छ । कतारमा रहेका नेपालीहरूले पनि टिकट नपाएको गुनासो गरेका छन् । दूतावासले स्वदेश फर्किनै पर्ने भनेर सार्वजनिक गरेको नामावलीमा नाम परेको भए पनि टिकट नपाएको उनीहरूको भनाइ छ ।

स्वदेश फर्किन तयार रहेका नेपालीहरूलाई टिकटको व्यवस्था गर्न समस्या भएको छ । कतै टिकट पाइहाले पनि नेपाल सरकारले तोकेको मूल्यभन्दा चार गुणासम्म बढी लिने गरेका छन् ।

यति बेला स्वदेश फर्किन चाहने नेपाली श्रमिकहरू धेरै भएको तर उडान संख्या कम भएकोले पनि टिकट पाउन सकस भएको दूतावासका अधिकारीहरूले बताउने गरेका छन् ।

खाडीमा कोरोना भाइरसका कारण रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई घर फर्किन सहजीकरणका लागि नेपाल सरकारले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ६ : १० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न