सिन्धुलीमा पुनःनिर्माणमा १३ अर्ब खर्च | Khabarhub Khabarhub

सिन्धुलीमा पुनःनिर्माणमा १३ अर्ब खर्च


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – २०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पले ध्वस्त पारेको संरचना पुनःनिर्माणका लागि सिन्धुलीमा १३ अर्बभन्दा बढी खर्च भएको छ ।

भूकम्प गएको पाँच वर्षभन्दा बढी समय बित्दा पनि निजी आवास, विद्यालय, सडक, गुम्बा, झोलुङ्गेपुल निर्माणलगायतका संरचना बनाउन हालसम्म १३ अर्ब ११ करोड ९४ लाख १८ हजार ६५५ खर्च भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ ।

उक्त खर्चमध्ये निजी आवास निर्माण गर्न नौ अर्ब ३८ करोड २८ लाख खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख सूर्यप्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार निजी आवास पुनःनिर्माणतर्फका कुल लाभग्राही ३८ हजार ६१६ जना रहेका छन् । तीमध्ये निजी आवास निर्माणका लागि सम्झौता गरी ३७ हजार २८ जनाले पहिलो किस्ता, ३३ हजार १४ जनाले दोस्रो किस्ता र २५ हजार ७९३ ले तेस्रो किस्ता रकम निकासा गरिसकेका छन् ।

त्यस्तै प्रबलीकरणतर्फ कूल लाभग्राही १४ हजार ४४८ रहेका छन् । यीमध्ये सम्झौता गरी १२ हजार २७६ लाभग्राहीले पहिलो किस्ता र १६ जनाले अन्तिम तथा दोस्रो किस्ता निकासा लिइसकेका छन् । प्रबलीकरणतर्फ अहिलेसम्म ६१ करोड ३८ लाख ८० हजार खर्च भएको उनले जानकारी दिए ।

पुनःनिर्माणतर्फका लाभग्राहीले निजी आवास बनाउन तीन लाख र प्रबलीकरणतर्फका लाभग्राहीले घर मर्मत गर्न एक लाख अनुदान पाउने कार्यालय प्रमुख विष्टले बताए ।

त्यसैगरी भूकम्पीय आपत्कालीन सहायता आयोजनाअन्तर्गत २९ किलोमिटर लम्बाइको पिपलभञ्ज्याङ–हायुटार–नेत्रकाली सडक निर्माणमा ३८ करोड २९ लाख ८९ हजार २८० खर्च भएको कार्यालय प्रमुख विष्टले बताए ।

उनका अनुसार सोही सडकअन्तर्गत सिम्ले खोलामा एक करोड ३२ लाख ३३ हजार ३६८ को लागतमा पक्कीपुल निर्माणाधीन अवस्थामा रहेको छ ।

भूकम्पबाट प्रभावित १८ वटा गुम्बामध्ये १२ वटाको निर्माण कार्य अघि बढेको र ६५ लाख १६ हजार खर्च भइसकेको छ । त्यस्तै भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत हालसम्म ४०६ वटा विद्यालयको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गतको शिक्षा शाखाले जनाएको छ ।

भूकम्पले भत्काएको र चर्काएको विद्यालयमा नयाँ पक्की भवन निर्माण गरी नयाँ स्वरुप दिइएको कार्यालयले जनाएको छ । जिल्लामा रहेका कूल ५७५ विद्यालयमध्ये विसं २०७२ मा आएको विनाशकारी भूकम्पबाट ५१३ विद्यालय प्रभावित भएका थिए ।

जिल्लाका भूकम्प प्रभावित विद्यालयमध्ये ४०६ विद्यालयमा नयाँ भवन निर्माण गरिएको कार्यालय एकाइअन्तर्गतको शिक्षा शाखाका प्रमुख शिवकुमार सापकोटाले जानकारी दिए ।

अहिलेसम्म भूकम्पपछिको विद्यालय पुनःनिर्माणमा रु दुई अर्ब ६६ करोड खर्च भइसकेको छ । सापकोटाका अनुसार भूकम्प प्रभावित विद्यालयमध्ये २६ वटा एशियाली विकास बैंक (एडिबी), ३७ वटा अन्य गैरसरकारी संस्था र बाँकी नेपाल सरकारको सहयोगमा निर्माण भइरहेका छन । यो वर्ष सम्झौता भएका ५९ वटा विद्यालय भवन निर्माणमा करिब ३० करोड लाग्ने अनुमान गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ९ : ४९ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर