चुनावमा धाँधली भएको भन्दै बेलारूसमा हजारौँको प्रदर्शन, राष्ट्रपति समर्थकको र्‍याली ओझेलमा | Khabarhub Khabarhub

चुनावमा धाँधली भएको भन्दै बेलारूसमा हजारौँको प्रदर्शन, राष्ट्रपति समर्थकको र्‍याली ओझेलमा


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चुनावमा धाँधली भएको भन्दै बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काविरूद्ध विपक्षीहरूले विरोध जारी राखेका छन् ।

बेलारूसको राजधानी मिन्स्कमा भेला भएका हजारौँ प्रदर्शनकारीहरूले लुकाशेन्काविरूद्ध प्रदर्शन गरेका हुन् । राष्ट्रपति विरोधी प्रदर्शनमा दुई लाखभन्दा बढी मानिस सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

विपक्षी नेतृ स्भेट्लाना तिखानोभ्स्कायाले सप्ताहन्तमा भेला हुन गरेको आग्रहपछि प्रदर्शनमा कैयौँ हजार मानिस सहभागी भएका थिए ।

प्रदर्शनपछिका सभालाई सम्बोधन गर्दै विपक्षी नेतृ मारिया कोलेनिस्कोवाले जनताको पक्षमा उभिने अन्तिम मौकालाई उपयोग गर्न अपिल गरिन् । पोल्याण्ड र चेक गणतन्त्रमा पनि बेलारुसका प्रदर्शनकारीको समर्थनमा प्रदर्शन भएको बीबीसीले जनाएको छ । फ्रेन्च राष्ट्रपतिले शान्तिपूर्ण प्रदर्शनमा युरोपेली सङ्घको समर्थन जारी रहने बताएका छन् ।

बेलारूसका राष्ट्रपति लुकाशेन्काको समर्थनमा भएको प्रदर्शन र सभामा भने विपक्षीले निकालेको र्‍यालीमा भन्दा कयौँ गुणा कम मानिसहरू जम्मा भएको बताइएको छ । जहाँ राष्ट्रपति लुकाशेन्काले सम्बोधन गर्दै विपक्षीहरूको चर्का आलोचना गरेका छन् । उनले आफ्ना समर्थकलाई देश र स्वतन्त्रताको रक्षा गर्न आग्रह गरे।

बेलारुसका निम्ति बाह्य सैन्य खतरा देखिएमा सुरक्षा सहायता गर्न रूसले सहमति जनाएपछि सरकार विरोधी र्‍यालीहरू निस्किरहेका छन्।

लुकाशेन्काले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सप्ताहन्तमा दुईपटक कुराकानी गरेपछि विरोध र्‍याली आयोजना हुन थालेका हुन्।

लामो समयदेखि बेलारूसमा शासन गरिरहेका उनले छिमेकी देशहरूमा नेटोको सैन्य अभ्यासलाई लिएर आपत्ति जनाएका छन्।

तर तिखानोभ्स्कायाले राम्ररी मतगणना गरिएको स्थानमा आफू ६० देखि ७० प्रतिशत मतका साथ विजयी भएको दाबी गरेकी छन्।

गत आइतवारको चुनावमा भारी मतका साथ विजयी भएको लुकाशेन्काको घोषणा पछि बेलारुसमा विरोध प्रदर्शन सुरू भएको हो ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ९ : ०९ बजे

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत