चर्को घाममा श्रमिकलाई काममा लाउने कतारका ६७ कम्पनी कारबाहीमा | Khabarhub Khabarhub

चर्को घाममा श्रमिकलाई काममा लाउने कतारका ६७ कम्पनी कारबाहीमा



दोहा – चर्को घाममा समेत श्रमिकलाई काम लगाउने कतारका ६७ कम्पनी कारबाहीमा परेका छन् ।

कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले गरेको निरीक्षणमा विभिन्न ६७ कम्पनीले श्रमिकलाई स्वास्थ्य सुरक्षाका उपायविना नै चर्को घाममा काम लगाएको पाइएपछि कारबाही गरेको हो ।

मन्त्रालयले जुलाई १६ देखि अगष्ट १३ तारिखसम्म निरीक्षण ६७ वटा कम्पनी कारवाहीमा परेका जनाएको छ । यसअघि पनि विभिन्न चरणमा मन्त्रालयको निरीक्षणमा धेरै कम्पनीहरु कारवाहीमा परिसकेको जनाइएको छ ।

सन् २००७ को कतार सरकारको मन्त्रिपरिषद बैठकको निर्णय १६ अनुसार जुन १५ देखी अगस्ट ३१ सम्म बिहान ११:३० बाट बेलुका ३ बजे सम्म अत्याधिक गर्मी हुने भएकाले श्रमिकहरूलाई बाहिर काममा लगाउन निषेध गरिएको छ ।

तर, सरकारको उक्त निर्णयलाई बेवास्ता गर्दै श्रमिकलाई चर्को घाममा पनि काम लगाएको पाइएपछि ती कम्पनीहरूलाई ३ दिनसम्म काम रोक्न निर्देशन दिइएको छ ।

कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ७ : ३० बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय