भोटेकोशी पहिरो : थप एकको शव फेला, दुई अझै बेपत्ता | Khabarhub Khabarhub

भोटेकोशी पहिरो : थप एकको शव फेला, दुई अझै बेपत्ता


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- बिहीबार भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोमा परी बेपत्ता रहेका तीन जनामध्ये एकको आज शव फेला परेको छ ।

अविरल वर्षापछि खकुण्डोलमाथिबाट आएको पहिरामा परी एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । यसअघि २ जनाको शव भेटिएको थियो ।

आज दिउँसो १४ वर्षीया छिरिङवाङ्गु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पहिरोले फुल्पिङकट्टीकै दुई घर बगाउँदा बेपत्ता ३५ वर्षीया साङमु शेर्पा र १६ वर्षीयाकी याङ्जी शेर्पाको शव बिहीबार भेटिएको थियो ।

यस्तै ७५ वर्षीया सुमबुट्टी शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा भने अझै बेपत्ता छन् । स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खोजी तथा उद्धार कार्य जारी राखिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ८ : ४८ बजे

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु