रियलमी ६ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता | Khabarhub Khabarhub

रियलमी ६ स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन रियलमी ६ सार्वजनिक गरेको छ । रियलमी सिक्स ६.५ इन्च एलसीडी स्क्रीन डिस्प्लेको साथमा उपलब्ध भएको छ ।

फुल एचडी प्लस रिसोलुसन भएको रियलमी सिक्समा मिडिया टेकको हेलियो जी ९० टी चिपसेट प्रयोग गरिएको छ । यसमा अक्टा कोरको सीपीयु प्रयोग गरिएको छ भने एआरएम जी ७६ जीपीयु रहेको छ ।

यो फोन ८ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेजको साथमा नेपालमा उपलब्ध भएको छ । एन्ड्रोइड टेन अपरेटिङ सिस्टम आधारित रहेको यसमा रियलमी युआई राखिएको छ ।

यसमा क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा प्राइमरी क्यामेरा ६४ मेगापिक्सेलको रहेको छ । भने १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

फिङ्गरप्रिन्टको सुविधा रहेको यस फोनमा ३.५ एमएम अडियो ज्याक, टाइप सी पोर्ट, बुलुटुथ लगायत सुविधा छन् । यसमा ४३०० एमएएचको ब्याट्री उपलब्ध रहेको छ । नेपाली बजारमा रियलमी सिक्सको मूल्य ३२ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ४ : ५३ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको