हिन्दी फिल्म ‘लूटकेश’ को ट्रेलरमा नेपाली दर्शक लेख्छन् – ‘जात्रा’ को कपी हो ? | Khabarhub Khabarhub

हिन्दी फिल्म ‘लूटकेश’ को ट्रेलरमा नेपाली दर्शक लेख्छन् – ‘जात्रा’ को कपी हो ?


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ३ दिनअघि युट्युबमार्फत सार्वजनिक गरिएको हिन्दी फिल्म ‘लूटकेश’ को ट्रेलर केही वर्षअघि रिलिज भएको नेपाली फिल्म ‘जात्रा’ सँग मिलेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरेका छन् ।

यो फिल्म र नेपाली फिल्म ‘जात्रा’ दुवैको कथा पैसाको वरिपरि घुमेको छ । त्यसैले पनि ‘लूटकेश’ जात्राबाट प्रभावित हुनसक्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका छन् ।

एक फेसबूक पेजमा ‘जात्रा’ बाट फिल्म प्रभावित भएको हुनसक्ने पोस्ट गरिएपछि कतिपयले युट्बयुबमा कमेन्ट गरेर फिल्मको कपी गरिएको प्रतिक्रिया दिएका छन् ।

‘जात्रा’ मा ३ युवाको कथा समेटिएको छ, जसले भेट्याएको पैसाको बोरा लुकाउन कसरत गर्छन् । ‘शूटकेश’ मा पनि यस्तै खालको कथा उनिएको ट्रेलरमा देख्न सकिन्छ ।

भारतका प्रयोगकर्ताले भने फिल्मको ट्रेलरलाई ढोल, धमालजस्ता फिल्मसँग तुलना गरेका छन् ।

नेपाली युट्युब प्रयोगकर्ताले फिल्म ‘जात्रा’ बाट प्रभावित भनेका छन् । पैसा भेट्याएपछि त्यो पैसा लुकाउन पात्रले मेहनत गर्ने कथामा बलिउडमा पनि कैयन् फिल्म निर्माण भएका छन् ।

फिल्मको कथा ‘जात्रा’ बाट प्रभावित भएको हो कि होइन भन्ने हेर्नका लागि भने रिलिज मिति नै कुर्नुपर्ने भएको छ ।

यो फिल्म डिजिटल प्लेटफर्ममार्फत यही ३१ जुलाईमा रिलिज हुँदैछ । फिल्ममा कुनाल खेमु, रसिका दुगल, विजय राज लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १ : ३० बजे

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा

ललितपुरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण 

ललितपुर– ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा

कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर)

काठमाडौं- हाँडीगाउँमा किरातकालदेखि नै वैशाख कृष्ण प्रतिपदामा प्रख्यात जात्रा लाग्छ