१२ वर्षसम्म फ्रीमा काम गरेका थिए भोजपुरी स्टार रवि किशनले | Khabarhub Khabarhub

१२ वर्षसम्म फ्रीमा काम गरेका थिए भोजपुरी स्टार रवि किशनले


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भोजपुरी फिल्म उद्योगका सुपरस्टार रवि किशनले लामो समयदेखि फिल्म क्षेत्रमा काम गरिरहेका छन् । जौनपुर उत्तर प्रदेशको बिुई गाउँमा जन्मिएका रवि किशनको आज जन्मदिन पनि हो । उनी आज आफ्नो ५१ औं जन्मदिन मनाउँदै छन् ।

रवि किशनले सन् १९९२ फिल्मकी करिअर थालेका रवि किशन हिन्दी फिल्म हुँदै भोजपुरी फिल्मतिर लागेका थिए । तर, भोजपुरी फिल्ममा जमेका कारण धेरैले उनी भोजपुरी फिल्मपछि हिन्दी फिल्ममा काम थालेको मान्छन् ।

सन् १९९२ देखि २००२ सम्म उनले हिन्दी फिल्ममा काम गरेका थिए ।

रविले आफ्नो करिअरका बेला निकै मेहनत गरे । उनले एक अन्तर्वार्तामा बताएका थिए कि, उनले कैयन् फिल्ममा त करिअरका खातिर नि:शुल्क काम गरे ।

कतिपय फिल्ममा उनी अन्तिम समयमा आएर रिजेक्ट भएका थिए । उनले शुरुका १२ वटा फिल्ममा पारिश्रमिक नलिई काम गरेका थिए ।

रवि भन्छन् – विकल्प कम थिए, त्यतिबेला तपाईंलाई कि त काम मिल्थ्यो, या पैसा ।

रविले कसैले कामको प्रस्ताव गर्दा अस्वीकार गर्दैनथे । उनलाई पहिलोपटक बलिउड अभिनेता अमिताभ बच्चनले भोजपुरी फिल्मका सुपरस्टार भनेका थिए । उनलाई फ्यानले भोजपुरी फिल्मका सुपरस्टार मान्ने गर्छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १० : ४३ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही