यसरी बनाउनुहोस घुंगी | Khabarhub Khabarhub

यसरी बनाउनुहोस घुंगी


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

प्रायजसो तराईका थारुहरु घुंगी खाने गर्दछन् । तर यसको स्वाद र फाइदाका कारण घुंगीका पारखी बढ्न थालेका छन् ।

घुंगीमा प्रशस्त मात्रामा प्रोटिन र क्याल्सियम पाइन्छ । यसको सेवनले शरीरमा तागत बढ्नुको साथै बिभिन्न रोग नियन्त्रणमा पनि उपयोगी हुन्छ ।

यसलाई पोषणको पर्याय पनि मान्ने गरिन्छ । यदि तपाई पनि घुंगीको स्वाद लिन चाहनुहुन्छ भने आज हामी यसलाई पकाउने विधिबारे जानकारी दिनेछौ ।

आवश्यक सामग्री

घुंगी – सवा १ केजी
तेल – ३ चम्चा
मेथी – थोरै
सुकेको खोर्सानी – ३/४ वटा
प्याज – ३ वटा
गोलभेडा – ४ वटा
अदुवा, लसुनको पेष्ट – २ चम्चा
जिरा, धनियाको मसला – २ चिया चम्चा
बेसारको धुलो – आधा चम्चा
नुन – स्वाद अनुसार
गरम मसला – २ चिया चम्चा
खोर्सानीको धुलो – १ चिया चम्चा (स्वाद अनुसार)
आलसको धुलो – १ चम्चा
धनियाँ – एक मुठ्ठी
पानी – घुंगीको रस बढाउन

सफा गर्ने तरिका

बजार वा पोखरीबाट ल्याएको घुंगीबाट माटो निकाल्न एक दिन वा रात सफा पानीमा राख्नु पर्दछ । यसो गर्दा घुंगीको शरीरबाट माटो निस्कन्छ ।

यदि अर्काे पानीमा राख्दा अझै पानी धमिलो देखियो भने थप केहि घण्टा अर्काे सफा पानीमा राख्नु पर्दछ । यसरी राखेको घुंगीलाई झिकेर केहि बेर यसको आवरणको लेउ निस्किउन्जेल सफा गर्नु पर्दछ । त्यसपछि सफा भाडामा राखे पछाडीको बिर्काे जस्तो ढाकिने आवरण काट्नु पर्दछ । त्यसपछि ४÷५ पटक तातो पानीले सफा गर्नु पर्दछ । यसरी पखालेको घुंगीलाई निम्न तरिकाबाट पकाउनु पर्दछ ।

घुंगी पकाउने विधि
– सानो आँचमा कराई बसाउने र तातेपछि ३ चम्चा तेल हाल्ने
– तेल मज्जाले तातेपछि मेथी फुराउने
– जब मेथी खैरो रंगको हुन्छ त्यसमा सुकेको खोर्सानीलाई भाँचेर पड्काउने
– खोर्सानी फ्राइ भएपछि काटिएको प्याज खैरो भएसम्म भुट्ने
– त्यसपछि अदुवा लसुनका पेष्ट हालेर केहि बेर भुट्ने
– पेष्ट पनि खैरो भएपछि बेसार हालेर त्यसमा चलाएर मिसाउने
– लगत्तै काटेको टमाटरलाई हालेर लेदोको आकारमा आउन्जेल भुट्ने
– त्यसमा जिरा र धनियाँको मसला हाल्ने र भुट्ने
– त्यसमा रातो खोर्सानीको धुलो हाल्ने र चलाएर मिलाउने
– अब यसमा गरम मसला हालेर विस्तारै चलाउने
– अब यसमा स्वाद अनुसार नुन हाल्ने र मसलामा मिलाउने
– त्यसपछि आलसको धुलो हालेर केहिबेर चलाउने
– यसरी मसलाको लेदो तयार हुन्छ अब यसमा तयारी अवस्थामा रहेको घुंगी मिसाउने
– घुंगी हालेपछि यसलाई मसलामा मिलाउन सबैतिरबाट चलाउने
– सानो आँचमा छोप्दै चलाउँदै १५ मिनेटसम्म घुंगीलाई मसलामा मिलाउने
– सबै घुंगीमा मसला मिलेपछि आवश्यकता अनुसार पानि हालेर १५ मिनेटसम्म छोप्दै चलाउने
– पाकिसकेपछि आगो निभाएर सानो पारेर काटेको धनियाँको पातलाई हाल्ने र छोप्ने

यसरी तयार भएको घुंगीलाई खाना, भुजा वा अन्य परिकारसंग खाएमा चिसो, रुघाखोकि वा थकान भाग्ने गर्दछ । यस अलवा घुंगीको सेवनले शरीरमा तागत दिने गर्दछ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १० : १२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द