लद्दाख झडपका विषयमा भारतीय र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन संवाद | Khabarhub Khabarhub

लद्दाख झडपका विषयमा भारतीय र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन संवाद


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन संवाद भएको छ ।

लद्दाखको गालवान भ्यालीमा भएको हिंसात्मक झडपका कारण भारत-चीनबीच तनाव बढिरहेका बेला उनीहरुबीच टेलिफोन संवाद भएको हो ।

उनीहरुबीच लद्दाख झडपका विषमा कुराकानी भएको जनाइएको छ । टेलिफोन संवादका क्रममा चिनियाँ विदेश मन्त्री वाङले भारतीय सैनिक सीमा नाघेर चीनतर्फ आई भिडन्तका लागि उक्साएको दाबी गर्दै ती सैनिकलाई कारबाही गर्न माग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विवादलाई न्यायोचित रुपमा सुल्झाउन र जतिसक्दो छिटो तनाव कम गर्न दुवै पक्ष सहमत भएको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।

गत सोमबारराति भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो भने चीनतर्फका ४३ सैनिक हताहत भएको भारतीय पक्षले दाबी गरिरहेका छन्  ।

चीनले आफ्ना पक्षका सेना हताहतको विषयमा आधिकारिक केही खुलाएको छैन ।

भारतले आफ्ना २० जना सैनिक मारिएको खबर दिँदै नामावली सार्वजनिक गरिसकेको छ ।

झडपमा मारिने भारतीय सैनिकको सूची

१. एम- कर्णेल बी सन्तोष बाबु- हैदराबाद

२. एस- नायक सुबेदार नुदुरम सोरेन- मयूरभन्ज

३. एम- नायक सुबेदार मन्दीप सिंह- पटियाला

४. एक्स- नायक सुबेदार सतनाम सिंह- गुरदासपुर

५. वाई- हवल्दार के. पालानी- मदुरई

६. एन- हवल्दार सुनील कुमार- पटना

७. एन- हवल्दार विपुल राय- मेरठ सिटी

८. के- नायक दीपक कुमार- रीवा

९. सिपाही राजेश ओरांग- बीरभूम

११. वाय- सिपाही कुन्दनकुमार ओझा- साहेबगन्‍ज

११. सिपाही गणेश राम- कांकेर

१२. सिपाही चन्द्राकान्ता प्रधान- कंधमाल

१३. सिपाही अंकुश- हमीरपुर

१४. सिपाही गुरबिंदर- संगरुर

१५. सिपाही गुरतेज सिंह- मनसा

१६. सिपाही चन्दन कुमार- भोजपुर

१७. सिपाही कुन्दन कुमार- सहरसा

१८. सिपाही अमन कुमार- समस्तीपुर

१९. सिपाही जयकिशोर सिंह- वैशाली

२०. सिपाही गणेश हंसदा- पूर्वी सिंहभूम

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ७ : २४ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५