आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएकामध्ये एक जना स्वास्थ्यकर्मी | Khabarhub Khabarhub

आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएकामध्ये एक जना स्वास्थ्यकर्मी


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार राति प्रदेश १ मा  कोरोना संक्रमण पुष्टि भएका तीन जनामध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ ।

उनी जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मी रहेको जिल्ला अस्पताल धनकुटाका प्रमुख डाक्टर पुजन विश्वकर्माले बताए ।

उनका अनुसार ती स्वास्थ्यकर्मी नियमित रुपमा विरामीको स्वास्थ्य परीक्षणमा संलग्न थिए। अस्पतालकै क्वाटरमा बस्दै आएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

संक्रमित स्वास्थ्यकर्मीमा अस्पतालमा आउने बिरामीबाट संक्रमण सरेको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

यसअघि नेपालमा दुईजना नर्समा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ९ : ४६ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र