कोरोना भाइरसले खाडी मुलुकमा ६७१ को मृत्यु, १ लाख ३१ हजारभन्दा बढी संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरसले खाडी मुलुकमा ६७१ को मृत्यु, १ लाख ३१ हजारभन्दा बढी संक्रमित


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ६७१ जनाको मृत्यु भएको छ भने १ लाख ३१ हजार १९३ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३०२ जनाको मृत्यु भएको छ । त्यहाँ ५२ हजार १६ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २१४ जनाको मृत्यु भएको छ भने २२ हजार ६२७ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा १०७ जनाको मृत्यु भएको छ भने १३ हजार ८०२ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा २१ जनाको मृत्यु भएको छ भने ५ हजार २९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १५ जनाको मृत्यु भएको छ भने ३० हजार ९७२ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १२ जनाको मृत्यु भएको छ । त्यहाँ ६ हजार ७४७ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १२ : ३५ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले