यस्ता थिए रामभक्त हनुमानजीका १० शस्त्रअस्त्र र वाहन | Khabarhub Khabarhub

यस्ता थिए रामभक्त हनुमानजीका १० शस्त्रअस्त्र र वाहन


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंले रामायण ग्रन्थ पढ्नु सुन्नु भएको छ भने रामभक्त हनुमानजीको बारेमा जानकार हुनुहुन्छ ।

हिन्दु धर्ममा उनको भक्ती र वीरताको निकै चर्चा सुनिन्छ । तर तपाईंलाई महाबली हनुमानजीसँग कति प्रकारका शस्त्रअस्त्रत्र थिए र उनी कुन वाहनमा चढ्दथे भन्ने बारे थाहा नहुन सक्छ । हामीले यहाँ यसका बारेमा चर्चा गरेका छौं ।

खड्गं त्रिशूलं खट्वाङ्गं पाशाङ्कुशसुपर्वतम् ।
मुष्टिद्रुमगदाभिन्दिपालज्ञानेन संयुतम् ।। ८।।
एतान्यायुधजालानि धारयन्तं यजामहे ।
प्रेतासनोपविष्टं तु सर्वाभरणभूषितम् ।। ९।।

हनुमानजीको वाहन हनुमत्शहस्त्रनामस्तोत्र को ७२ हौँ श्लोकमा उनलाई वायुवाहन भनिएको छ । यसको मतलव उनको वाहन भनेकै वायु हो । उनी वायुमा सवार भएर अत्याधिक वेगले एक स्थानबाट अर्को स्थानमा जान्थे ।

हनुमानजीका शस्त्रअस्त्र

हनुमानजीको मुख्य शस्त्रअस्त्र भनेको गदा हो । कुबेरले उनलाई गदाघातबाट अप्रभावित हुनेको वरदान दिएका थिए ।

उनी वज्रांग पनि हुन् । यमले उनलाई दण्डले अभयदान दिएका थिए । भगवान शंकरले शुल एवम पाशुपत, त्रिशुल आदि अस्त्रहरुबाट अभय हुने वरदान दिएका थिए ।

यसबाहेक उनका शस्त्रअस्त्र निम्नानुसार छन् ।
१. खड्ग
२. त्रिशुल
३. खट्वाङ्ग
४. पाश
५. पर्वत
६. अंकुश
७. स्तम्भ
८. मुष्टि
९. गदा
१०. वृक्ष
हनुमानजीको बायाँ हात गदाले युक्त मान्ने गरिन्छ । वामहस्तगदायुक्तम् श्री लक्ष्मण र रावणको बीचमा भएको युद्धमा हनुमानजीले रावणबिरुद्ध युद्धमा गदाको प्रयोग गरेका थिए ।

उनले गदाको प्रहारबाटै रावणको रथलाई खण्डित बनाएका थिए । स्कन्दपुराणमा हनुमानजीलाई बज्रयुध धारण गर्नेवाला भनेर प्रार्थना गरिएको छ । उनको हातमा वज्र सधैँ रहन्थ्यो ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ९ : १२ बजे

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ