अलपत्र परेका १२ कामदारको टोखा नगरपालिकाद्वारा उद्धार | Khabarhub Khabarhub

अलपत्र परेका १२ कामदारको टोखा नगरपालिकाद्वारा उद्धार


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरेपछि अलपत्र परेका १२ कामदारको टोखा नगरपालिकाले उद्धार गरेको छ ।

दैनिक ज्यालादारी गर्ने सिलसिलामा दोलखाबाट फर्किएर गोगङ्बुमा अलपत्र भई बसेकालाई उद्धार गरिएको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार अन्यन्तै दयनीय अवस्थामा अलपत्र परेका कालीकोटका मजदूरलाई उद्धार गरिएको छ । मजदूरले आफू भोकै बसेको, ज्यालादारीबाट प्राप्त रकम बाटैमा सकिएको र घर जाने, खाने अवस्था नभएको समस्या देखाएका हुनाले उद्धार गरिएको प्रमुख अधिकारीले बताए ।

नगरपालिकाले गाडीको व्यवस्था गरी मजदूरलाई नगरपालिकामा अवस्थित तिलिङ्गटार स्कूलमा राखिनुका साथै आवश्यक स्वास्थ परीक्षण गरी लकडाउन अवधिसम्म खाना र बस्ने व्यवस्था मिलाएको छ ।

नगरपालिकामा कोही पनि भोको बस्नु नपर्ने दैनिक उपभोग्य वस्तु, औषधि, एम्बुलेन्सलगायतका आवश्यक सामग्रीका लागि जनप्रतिनिधि तयारी अवस्थामा राखेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ९ : २५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०