घर जान हिँडेकालाई प्रदेश पाँचमा खाने बस्नेसहितको क्वारेन्टाइन व्यवस्था | Khabarhub Khabarhub

घर जान हिँडेकालाई प्रदेश पाँचमा खाने बस्नेसहितको क्वारेन्टाइन व्यवस्था


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- घर जानका लागि हिँडेका र प्रदेश नम्बर पाँचमा पुगेका नागरिकलाई प्रदेश सरकारले क्वारेन्टाइनमा राख्ने भएको छ ।
क्वारेन्टाइनमा खाने बस्ने व्यवस्था गरिएको छ ।

प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले घर जान हिँडेका प्रदेश ५ को सडकमा पुगेका नागरिकलाई क्वारेन्टाइनमा गएर बसिदिन अनुरोध गरेका छन् । क्वारेन्टाइनमा खानेबस्ने व्यवस्था रहेको उनले जनाएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत अपिल गर्दै मुख्यमन्त्री पोखरेलले क्वारेन्टाइनमा सबेर सहयोग गरिदिन अनुरोध गरेका हुन् । सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले लेखेका छन् ‘घरजान भनेर प्रदेश ५ भित्र आइपुग्नु भएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनु होला। त्यहाँ खानेवस्ने व्यवस्था छ ।’

लकडाउन लम्बिएसँगै विभिन्न सहरमा रहेका मानिसहरु पैदल आफ्ना घर तर्फ लागेका छन् ।

सरकारले मजुर र गरिखाने वर्गका नागरिकलाई घर पुराउने व्यवस्था नगरेको र यदी बसेकै स्थानमा रहन अनुरोध गर्ने हो भने खानपानको व्यवस्था गर्नुपर्ने माग उठेको छ ।

सामाजिक सञ्जालहरुमा काठमाडौं लगायतका शहरी क्षेत्र छोडेर मजुरहरु सामानसहित निकै कष्टसाथ लामो यात्रा गरिरहेको तस्वीर र भिडियोहरु सार्वजनिक भएका छन् ।

सरकारले लकडाउन गरेपछि मजदुर र दैनिक ज्याला गरेर खानेहरुलाई खानपानको व्यवस्था नमिलएको भन्दै चर्को आलोचनासमेत भइरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १२ : ४७ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो