भान्सामा समान चाहियो ? अनलाइन अर्डर गर्नुहोस्, घरमै आउँछ | Khabarhub Khabarhub

भान्सामा समान चाहियो ? अनलाइन अर्डर गर्नुहोस्, घरमै आउँछ


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनको समयमा भान्सामा खाद्यान्न सकिएर तनावमा हुनुहुन्छ ? कोरोना संक्रमणको जोखिम मोलेरै साँझ–बिहान तरकारी लिन चोकसम्म जानुभएको छ ?

हो भने अब त्यसो नगर्नुहोस् । हातमा मोबाइल फोन लिनुहोस् र अनलाइन अर्डर गर्नुहोस् ।

संक्रमणको जोखिम र उपभोक्ताको सुरक्षा ध्यानमा राखेर गर्दै बिगमार्ट, भाटभटेनी सुपरस्टोर र अनलाइन बिक्रेताहरूले अत्यावश्यक सामग्री तपाईंको घरमै ल्याइदिन्छन् ।

लकडाउनको समय पनि लम्बिँदै छ । दैनिक उपभोग्य सामग्री खरिदका लागि पनि समय सीमा तोकिएको छ । यस्तो अवस्थामा काठमाडौं उपत्यकामा दैनिक उपभोग्य सामग्री खरिदका लागि अनलाइन सेवा उपलब्ध छ । अर्डर हुनासाथ बिक्रेताहरूले सहजै घरमा पुर्‍याउने गरेका छन् ।

दराज एक्सप्रेस, फुडमान्डु, मेरो किराना, फुडमारियो, मेट्रो तरकारी लगायतले खाद्यान्नका परिकार, तरकारी, मासु, अण्डा, तेल लगायतका सामग्री होम डेलिभरी (घरमै पुर्‍याउने) सेवा दिइरहेका छन् ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि अनलाइन अर्डर र होम डेलिभरी सुरु गरेको छ । कम्पनीमा एक ग्राहकले कम्तीमा २ हजार र बढीमा ५ हजार रुपैयाँसम्मको अर्डर गर्न सक्छ । अर्डर गरेकै दिन डेलिभरी दिने कम्पनीले जनाएको छ ।

अहिले सोना मनसुली र जिरा मसिनो चामल, चिनी र कर्णालीको सिमी बिक्री भइरहेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले खबरहबलाई जानकारी दिइन् ।

‘हप्ता दिनअघि हामीले अनलाइन अर्डर सेवा सुरु गरेका हौँ,’ उनले भनिन्, ‘पहिलो चरणमा चक्रपथभित्रका बासिन्दाका लागि मात्र लक्षित गरिएको छ, बिस्तारै दायरा बढ्नेछ ।’

अहिले दैनिक २० वटासम्म अर्डर आइरहेको उनले बताइन् । कम्पनीका अनुसार उपभोक्ताले ‘नेपाल फुड डट जिओभि डटएनपी’ मा अर्डर गर्न गर्न सक्नेछन् ।

तरकारी चाहिए मेट्रोतरकारी

भान्सामै तरकारी पुर्‍याउने उद्देश्यले स्थापना भएको मेट्रोतरकारीलाई अहिले घरघरमा तरकारी दिन भ्याई नभ्याई छ । मेट्रोतरकारीले काठमाडौं र ललितपुरका बासिन्दालाई सेवा दिइरहेको छ ।

मेट्रोतरकारी डटकमको वेबसाइटमा तरकारी अर्डर गर्न सकिन्छ । होम डेलिभरीको सुविधाका लागि उपभोक्ताले कम्तीमा एक हजार रुपैयाँको अर्डर गर्नुपर्छ । लकडाउनको समयमा तरकारीको अर्डर धेरै आएको कार्यकारी अधिकृत अनिल बस्नेतको भनाइ छ ।

मेट्रोतरकारीले आलु, प्याज, गोलभेँडा, अदुवा, लसुन, काउली, बन्दा, सिमी, गाजर फर्सी लगायतका तरकारी स्थानीय फर्मबाटै उठाएर होम डेलिभरी दिएको छ ।

मेट्रोतरकारीले ६ वर्षअघि सेवा सुरु गरेको हो । ‘पहिले सय वटासम्म अर्डर आउथ्यो,’ कार्यकारी अधिकृत बस्नेतले भने, ‘अहिले दैनिक ४ सयसम्म अर्डर आइरहेको छ ।’

भाटभटेनी दिँदैछ सेवा

काठमाडौं उपत्यकामा रहेका भाटभटेनी सुपरस्टोरले अहिले उपभोक्ताको घरघरमा सामग्री पुर्‍याइरहेका छन् । उपत्यकाभित्रका ११ र बाहिरका ७ वटा गरी १८ वटा सुपरस्टोटरबाट भाटभटिनीले सेवा दिएको छ ।

उपभोक्तालाई संक्रमणको जोखिम नहोस् भनेर लकडाउन सुरु भएदेखि नै होम डेलिभरी गरेको भाटभटेनी सुपरस्टोरका अपरेटिङ अफिसर पानु पौडेलले खबरहबलाई बताए ।

‘इन्स्टाग्राम र वाट्सअपमार्फत अहिले १० हजारभन्दा बढी अर्डर आइरहेको छ’ पौडेलले भने, ‘हामीले तीन–चार हजार अर्डरमात्र डेलिभरी गर्न भ्याएका छौँ ।’ उनका अनुसार भाटभटेनीले दाल, चामल, चिनी, नुन, चियापत्ती, मसला, पापड, जुस लगायतका सामग्री होम डेलिभरी गरेको छ ।

अर्को छ ग्रीनग्रोथ अनलाइन । खाद्यान्न, तरकारी, फलफूलको होम डेलिभरी गरिरहेको ग्रीनग्रोथले जनाएको छ ।

ग्रीनग्रोथले अनलाइनमार्फत उपभोक्ताले गरेको अर्डर सोमबार, बुधबार र शनिबार गरी सातामा तीन दिन डेलिभरी दिने गरेको छ । उपभोक्ताले ‘ग्रीनग्रोथडटकम’ बाट अर्डर गर्न सक्छन् ।

लोकप्रिय रेष्टुरेन्टहरूबाट खाना र खाजा पुर्‍याउने फुडमान्डुले लकडाउनको समयमा तरकारी, माछामासु, अण्डा लगायतका सामग्री घरमा डेलिभरी दिएको छ । उपभोक्ताले ‘फुडमान्डु डटकम’ बाट वा फोन गरेरै पनि अर्डर गर्न सक्छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १० : ०० बजे

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर