लण्डनमा थप एक पूर्व गोरखा सैनिकको निधन | Khabarhub Khabarhub

लण्डनमा थप एक पूर्व गोरखा सैनिकको निधन


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ ।

लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएका थापाको निधन भएको हो ।

उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए । पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आएका उनलाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।

अध्यक्ष रेग्मका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ७ : ३४ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५