अमेरिकामा कोरोनाभाइरसले एकै दिन २ हजार १५९ जनाको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाभाइरसले एकै दिन २ हजार १५९ जनाको मृत्यु


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार विहान समाचार तयार पार्दासम्म २ हजार १५९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ३४ हजार ६०२ पुगेको छ ।

अमेरिकामा एकैदिन २९ हजार १७७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार १८० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ५७ जार ५०८ जना उपचारपछि निको भएका छन् । १३ हजार ३६९ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ८५ हजार ७० जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ६ : २० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका