काभ्रेको पनौतीमा कर्फ्यू हट्यो « Khabarhub

काभ्रेको पनौतीमा कर्फ्यू हट्यो


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे-जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौतीमा लगाएको कर्फ्यू हटाएको छ । मंगलबार राति ८ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश हटाइएको हो ।

सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्करबाट खानीखोला गाउँपालिकाकी ३० वर्षीया जनिमाया गोले र उनकी छोरी ३ वर्षीया स्मारिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

घटनालाई लिएर स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो ।

बनेपाबाट पनौतीतर्फ गएको टिप्परले किचेको छोरी स्मारिका भ्लोनलाई बचाउन खोज्दा आमाको पनि मृत्यु भएकोमा चालक रोशी गाउँपालिका–२ का ३६ वर्षीय नवराज थापालाई पक्रेर कानून बमोजिम हदैसम्मको कार्वाही र मृतकको हकदारले कानूनबमोजिम पाउनुपर्ने क्रिया खर्च, क्षतिपूर्तिसमेत दिलाउन पीडितले जाहेरी दिएपछि शवपरीक्षणको प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले पीडित पक्षले दिएको जाहेरीका आधारमा शवपरीक्षणको प्रक्रिया र पीडकलाई कार्वाहीको प्रक्रिया अगाडि बढाएको बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : ४७ बजे

एक जनालाई पत्थरी भए परिवारका सबैले जाँच गराइरहनुपर्छ

पछिल्लो समय मानिसमा पत्थरीको समस्या धेरै हुने गरेको छ। हामीले

कोभिडमाथि विजय गरेको उत्तर कोरियाको घोषणा

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार कोभिड–१९

रियल मड्रिडलाई सुपर कप उपाधि

काठमाडौं- आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए

समस्यामा चिनियाँ अर्थतन्त्र

‘‘रोकिएका निर्माणका काम सबै असरल्ल छन्। धितो राखेका कुरा बन्धक

बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर