आर्मी क्लबको यो सिजन : अपेक्षा च्याम्पियन, नतिजा फितलो | Khabarhub Khabarhub

आर्मी क्लबको यो सिजन : अपेक्षा च्याम्पियन, नतिजा फितलो



काठमाडौं– त्रिभुवन आर्मी क्लबले यो वर्ष ६ वटा प्रतियोगिता खेल्यो । जसमा दुईवटा उपाधि उचाल्यो ।

पूर्वी नवलपरासीको राइनो गोल्डकप र पूर्वाअञ्चल गोल्डकपको उपाधि हात पारेको आर्मी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो भयो भने सताक्षी गोल्डकप, माई भ्याली गोल्डकप र आरा रारा गोल्डकपको सेमिफाइनलमा पराजित भयो ।

यो वर्षको पहिलो उपाधिका रुपमा आर्मीले पूर्वाञ्चल गोल्डकप जितेको थियो । उक्त गोल्डकपमा उपाधि हात पारिसकेपछि प्रशिक्षक नवीन न्यौपानेले यो सिजनमा जतिसक्दो राम्रो गर्दै लिग च्याम्पियन बन्ने लक्ष्य सुनाएका थिए ।

टोलीले शीर्ष डिभिजन लिगसहित नकआउट प्रतियोगितामा च्याम्पियन बन्ने लक्ष्य राखेको थियो । अहिले सिजनको अन्त्यतिर आइपुग्दा आर्मीको नतिजा भने केही फितलो देखिएको छ ।

आर्मी यो वर्ष लिगमा उपाधि उचाल्दै इतिहास रच्ने लक्ष्यमा थियो । जसका लागि आर्मीले जेठदेखि नै तयारी थालेको थियो । बीचमा फिफा विश्वकप २०२२ छनोट तथा एएफसी एसियन कप २०२३ को छनोटको बन्द प्रशिक्षणमा सहभागी हुन टोलीका महत्वपूर्ण सदस्य (खेलाडी)हरु बाहिरिए पछि अभ्यास नै तलमाथि भएको प्रशिक्षक न्यौपाने बताउँछन् ।

विश्वकप छनोट लगत्तै दक्षिण एशियाली खेलकुद (साग) को तयारीमा खेलाडी व्यस्त हुँदा टिम बनाएर अभ्यास गर्न नपाएको उनी बताउँछन् ।

‘पूर्वाअञ्चलमा उपाधि उचालेपछि हामीले लिग जित्ने लक्ष्य बनाएका थियौं । त्यही अनुुरुप जेठमा तयारी पनि थालेका हौं,’ प्रशिक्षक न्यौपानेले भने, ‘हामीले तयारी शुरु गरे पनि खेलाडीहरु राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुँदा राम्रोसँग टिम अभ्यास गर्न पाएनौं ।’

आर्मीमा नेपाली टोलीका नियमित खेलाडी भरत खवास, विकेश कुथु, सन्तोष तामाङ, सुमन लामा, नवयुग श्रेष्ठ सहित युवा खेलाडी विकास खवास, सेसेहाङ आङदाम्बे लगायत छन् ।

मंसिर २८ देखि फागुन ३ गतेसम्म चलेको ए डिभिजन लिगमा आर्मीले औसत प्रदर्शन गर्दै दोस्रो भयो । अघिल्लो सिजन चौथो स्थानमा रहेर सकाएको आर्मी दोस्रो हुनु आफैँमा सफलता हो । उपाधि उचाल्दै इतिहास रच्न भने आर्मीले कम्तिमा पनि अर्को एक लिग कुर्नु पर्ने देखिन्छ ।

प्रशिक्षक न्यौपाने, तस्वीर– एन्फा

यद्यपि लिगको चौथो चरणदेखि अन्तिम चरणसम्म शीर्ष स्थानमा रहँदै आर्मीले लिगको नेतृत्व गरेको थियो । तर, अन्तिम खेलमा मछिन्द्र क्लबसँग आत्मघाती गोलले पराजित हुन पुग्यो । उक्त अन्तिम खेलमा आर्मीलाई बराबरीले पुग्ने र मछिन्द्रलाई जीतको विकल्प थिएन ।

‘लिगमा उपाधि उचाल्ने लक्ष्य थियो । त्यो लक्ष्य पूरा गर्ने अवसर पनि पाएका थियौं । तर, अन्तिम दिनको खेलमा हाम्रो टोलीले राम्रो खेल्न सकेन,’ उनले भने, ‘मछिन्द्रसँगको उक्त दिन हाम्रा खेलाडीहरुले लिगको सबैभन्दा कमजोर खेल खेल्यौं ।’

प्रशिक्षक न्यौपाने मछिन्द्रसँगको खेलभन्दा अगाडि मनाङ मर्स्याङ्दी क्लबसँगको हार र संकटा क्लबसँगको बराबरीको नतिजाले पनि असर गरेको बताउँछन् ।

जसमा आर्मीले मनाङसँग राम्रो खेले पनि अन्तिम मिनेटमा १ गोल खाँदै पराजित हुन पुगेको थियो । त्यसोत, ‘इतिहास रच्ने अवसर’ नजिक पुगेर बञ्चित हुनु पर्दाको पीडा आर्मीलाई मोफसलका नतिजामा पनि देखिन्छ ।

नवलपुरमा आर्मीले फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो ।

मोफसलका नकआउट प्रतियोगितामा राम्रो नतिजा नआउनुका पछाडि मछिन्द्रसँगको लिगको अन्तिम खेलको नतिजाले पनि असर गरेको बताउँछन् । ‘हामीलाई लिगको अन्तिम खेलमा बराबरी भए पुग्ने थियो । तर, पराजित हुन पग्यौं,’ उनले अगाडि थपे, ‘त्यसले हामीलाई मोफसलमा पनि असर गर्‍यो । खासमा भन्नु पर्दा अझै पनि आर्मीलाई त्यो हारको ह्याङले छाडेको छैन ।’

फागुन ३ गते लिगमा दोस्रो हुँदै आफ्नो यात्रा टुङ्ग्याएको आर्मी त्यसपछि झापाको सताक्षी गोल्डकप खेल्न गएको थियो । जसको सेमिफाइनलमा लिग च्याम्पियन मछिन्द्र क्लबसँग २–० गोल अन्तरले पराजित हुन पुग्यो ।

झापाबाट राइनो गोल्डकप खेल्न पूर्वी नवलपरासी पुगेको आर्मीले त्यहाँबाट भने उपाधि भित्र्यायो ।

नवलपुरमा आर्मीले फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो ।

राइनो कप खेलिरहँदा फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटका लागि प्रशिक्षक योहान कालिनले बन्द प्रशिक्षणमा बोलाएपछि आफूहरुले पुनः दोस्रो टिमलाई खेलाउन बाध्य भएको प्रशिक्षक न्यौपाने बताउँछन् ।

राइनो कपपछि आर्मीले इलामको माई भ्याली कप खेलेको थियो । जसमा आर्मी आयोजक टोली माई भ्यालीसँग सेमिफाइनलमा सडन डेथमा ५–४ गोल अन्तरले पराजित भएको थियो ।

यस्तै, इलामबाट पोखराको आहा रारा गोल्डकप खेल्न आएको आर्मी त्यहाँ पनि सेमिफाइनलभन्दा माथि उक्लिन सकेन । आहा रारामा आर्मी सेमिफाइनल खेलमा मनाङसँग ३–२ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

नकआउट प्रतियोगिताहरुमा पहिलो रोजाइका खेलाडी टोलीमा नहुँदा समस्या भएको न्यौपाने बताउँछन् । ‘राइनो कप खेल्दा खेल्दै हाम्रा भरपर्दा खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन काठमाडौं आउँदा ‘बी’ टिमले खेलेको हो,’ प्रशिक्षक न्यौपानेले भने, ‘मैले लामो समयदेखि टिम सेट गर्ने कोशिस गरिरहेको थिए तर सेट भएको टोलीका आधा खेलाडी टिम नहुँदा अपेक्षीत नतिजा आउन सकेन ।’

लिगमा आर्मीले अघिल्लो सिजनको भन्दा केही सुधारिएको प्रदर्शन गरे पनि नकआउट प्रतियोगितामा भने कमजोर प्रदर्शन भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्ष आर्मीले नकआउट प्रतियोगिता ८ वटा खेल खेलेको थियो । जसमध्ये ४ को उपाधि उचालेको प्रशिक्षक न्यौपाने बताउँछन् । यो वर्ष आर्मीले पूर्वाञ्चलसहित ५ नकआउट प्रतियोगिता खेल्दा २ मात्रै उपाधि हात पार्न सक्यो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : ३० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन