पहिलोपटक मानवमा यसरी गरियो कोरोना भाइरसको खोप परीक्षण (फोटोफिचर) | Khabarhub Khabarhub

पहिलोपटक मानवमा यसरी गरियो कोरोना भाइरसको खोप परीक्षण (फोटोफिचर)


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वार्शिटन– कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ । अमेरिकाको वाशिंटन राज्यस्थित सिएटल शहरमा रहेको कैजर पर्मनेन्ट वाशिंटन हेल्थ रिसर्च इन्टिच्युटमा ४ जनालाई खोपको मात्रा दिइएको थियो ।

कोरोना भाइरसको खोप पाउने पहिलो व्यक्ति भने ४३ वर्षे महिला बनेकी छिन् । दुई सन्तानकी आमा जेनिफर हलरले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप लगाएकी हुन् । उनले खोप परीक्षण गर्न पाउँदा आफू खुशी भएको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि यो खोपले काम गर्ने नगर्ने स्पष्ट हुन भने धेरै महिना लाग्नसक्ने र खोप सार्वजनिक रुपमा उपलब्ध हुन १८ महिनासम्म लाग्नसक्ने खोप विकास गरेका वैज्ञानिकहरुले बताएका छन् ।

यो खोपको विकास अमेरिकाको स्वास्थ्य प्रतिस्ष्ठानको आर्थिक सहयोगमा मोडेर्ना नामक कम्पनीले गरेको हो ।

मानवमा खोप परीक्षणका लागि ४५ जना स्वयंसवी छनौट गरिएको छ भने उनीहरुलाई खोपको विभिन्न मात्रा दिइनेछ ।

 

 

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  २ : २७ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म