आफ्नो फेसबुक अरुले दुरुपयोग त गरिरहेको छैन, यस्तो छ थाहा पाउने उपाय | Khabarhub Khabarhub

आफ्नो फेसबुक अरुले दुरुपयोग त गरिरहेको छैन, यस्तो छ थाहा पाउने उपाय


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सूचना प्रविधि र इन्टरनेटको विकासले आममानिसलाई सामाजिक सञ्जालको लत नै बसिसकेको छ ।

आक्कल झुक्कल मानिसहरु मात्रै सम्भवतः सामाजिक सञ्चाल फेसबुकको पहुँच भन्दा बाहिर होलान् । फोटो, भिडियो पोष्ट गर्नेदेखि भिडियोमा समेत कुराकानी गर्न मिल्ने भएपछि मानिसहरु हिजोआज इन्टरनेटको पहुँचमा हुँदा मोबाइलमा भन्दा पनि फेसबुकबाटै कुराकानी गरेको पाइन्छ ।

धेरैको गोप्य कुराकानी र कारोबार समेत फेसबुकबाट हुने गरेका छन् । तर प्रयोगकर्ताहरुले कयौँपटक आफ्नो फेसबुक लगआउट गर्न बिर्सिदा डाटा चोरी हुनेदेखि असुरक्षासम्मका समस्या पनि निम्तिने गरेका छन् ।

कतिपय अवस्थामा त जानाजानी ह्याकरहरुले फेसबुक उनिहरुको नियन्त्रणमा लिने समेत गरेका छन् । यो अवस्थामा आफ्नो फेसबुक कहाँबाट लगइन भइरहेको छ भनेर थाहा पाउँदा पनि केही गर्न सकिने अवस्था छ ।

कसैसँग आफ्नो अकाउन्टको पासवर्ड भएर आफ्नो फेसबुक नै दुरुपयोग गरिरहेको पनि हुन सक्छ । यो अवस्थामा आफ्नो फेसबुक अकाउन्ट कहाँ-कहाँ लगइन भएको छ भनेर आफैंले थाहा पाएर सम्भावित दुरुपयोग रोक्न पनि सकिन्छ ।

  • सबैभन्दा पहिले प्रयोगकर्ताले आफ्नो अकाउन्ट ओपन गरेर यसको सेटिंग्समा जानुपर्ने हुन्छ । सेटिंग्स अप्शन खुल्ने बित्तिकै यूजर अघि देब्रे साइडमा कयौं अप्शनहरु देखिने छन् ।
  • यसैमध्ये प्रयोगकर्ताले दोस्रो नम्वरमा सेक्योरिटी एन्ड लगइनको अप्शन पाउने छन् ।
  • यसमा ट्याप गर्दा यूजर अगाडि एक पेज ओपन हुनेछ । यस पेजमा ह्वेर यूआर लग्ड इन अप्शन पाइनेछ । यसमा यूजरले आफ्नो अकाउन्ट लग इन भएको डिभाइसहरु देख्न सक्दछन ।
  • यसबाहेक यी डिभाइसहरुसँगै यूजरलाई टाइम पनि देखिने छ, जसबाट यूजरले यी डिभाइसमा कति बजे वा कति समयसम्म लगइन रहेको हेर्न सक्दछन् ।

यसरी यूजरले आफ्नो फेसबुक कहाँ/कहाँबाट लगइन छ भन्ने थाहा पाउन सक्दछन् । यसैमा लगइन भएको डिभाइसको अगाडि तीन डट देखिन्छ । जहाँ ट्याव गर्दा यूजरले लग आउटको अप्शन पाउने छन्।

यसबाहेक यूजरले सबै डिभाइसबाट एकैसाथ लगआउट गर्न चाहेमा यसैको तल्लो भागमा ‘लग आउट अफ अल सिजन’ मा ट्याव गर्नुपर्दछ । यसबाट यूजरको कहिँपनि चलिरहेको फेसबुक अकाउन्ट लगआउट हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १२ : ३३ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले