हलमा छैनन् नयाँ फिल्म ! | Khabarhub Khabarhub

हलमा छैनन् नयाँ फिल्म !


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण नेपालको फिल्म क्षेत्रमा पनि संकट देखा परेको छ । हलमा नयाँ फिल्म रिलिज हुन सकेका छैनन् भने प्रदर्शनरत फिल्म पनि उत्रिने अवस्थामा छन् ।

फागुन ३० मा रिलिज हुने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ पनि स्थगित गरियो । अर्को फिल्म ‘नीरफूल’ पनि तत्काल प्रदर्शनमा नआउने भयो ।

कतिपय बलिउड र हलिउडका फिल्मको पनि निर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । अब फिल्म हलमा दुईवटा मात्र विकल्प छन् – कि त हल नै बन्द गर्नुप¥यो । या त पुराना फिल्म प्रदर्शन गर्नुपर्‍यो ।

सिङ्गल थिएटरमा फिल्म नहुँदा प्रदर्शन गरिएका फिल्म पुनः प्रदर्शन हुने गर्थे । यतिबेला भने फिल्मको अभावले प्रदर्शन भइसकेका फिल्म मल्टिप्लेक्समा पनि पुनः प्रदर्शन हुने अवस्था आएको छ ।

नेपालमा सबैभन्दा ठूलो चेन भएको क्युएफएक्स सिनेमाले केही हलमा यसअघि नै प्रदर्शन गरिएको फिल्म ‘लभ डायरिज’ लाई पुनः हलमा प्रदर्शन गरेको छ ।

यतिबेला नेपालमा फिल्म ‘आमा’ केही हलमा प्रदर्शन भइरहेको छ भने अरु बलिउड र हलिउड फिल्म पनि प्रदर्शनरत छन् ।

नयाँ फिल्म प्रदर्शन हुन नसक्दा हलमा आउने फिल्मको सूची नै खाली छ । न त छिट्टै आउने फिल्मको सूचीमा पनि कुनै फिल्मको नाम छैन ।

कोरोना भाइरस संक्रमणको भयले हलमा दर्शक उपस्थित भएका छैनन् । नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिए पनि नेपाली दर्शकले भने सचेतता अपनाउन थालेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १२ : २२ बजे

२ हजारभन्दा तल झर्‍यो नेप्से, सबै उपसूचक राताम्मे 

काठमाडौं- नयाँ वर्षको आगमनसँगै ओरालो लागेको शेयर बजारले आज पनि निरन्तरता

नैतिक शिक्षा र देश भक्तिको भावना कमजोर भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा

लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिँदै

बुटवल– लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत चयन

अबको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउने छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको नीति तथा कार्यक्रमले जनतामा